दर्ता विना र कक्षा संचालन अनुमितभन्दा बढी कक्षा संचालन गर्ने विद्यालय बन्द गर्न माँग

  • चैत्र २१, २0७५
  • 0
...

कञ्चनपुुर, वैशाख १० गते । संस्थागत विद्यालयका संगठनहरुले संयुक्त रुपमा कञ्चनरुप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्रलाई भेटेर मंगलबार दर्ता विना र कक्षा संचालन गर्न पाएको अनुमतिभन्दा बढी कक्षा संचालन गरिरहेको निजी विद्यालयहरु बन्द गर्न ज्ञापन पत्र बुझाएका छन् । प्यनब्सन जिल्ला अध्यक्ष देवानन्द चौधरी, सचिव शान्त अधिकारी, कञ्चनरुप नगरपालिका संयोजक संजय खडगा्, नेपाल प्यनब्सन जिल्ला अध्यक्ष दिनेश कुमार यादब र एन प्यनब्सनका जिल्ला अध्यक्ष बौकु साह लगायत टोलीले नगरप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका थिए ।
अनअधिकृत रुपमा संचालित कक्षाहरु एवं विद्यालयहरु,जथाभावी रुपमा विद्यालय संचालन अनुमति,अस्वस्थ्य प्रतिस्पर्धा,सामुदायिक विद्यालयहरुले अनियमित रुपमा कक्षा ८को बोर्ड परिक्षाको समयमा बोडिङ्गका बच्चाहरुलाई नाम दर्ता गर्नु,इएमआईएस प्रणालीको वेवास्ताले गर्दा नियमअनुसार दर्ता भएर कर तिर्ने विद्यालयहरु मर्कामा परेको भन्दै ज्ञापन पत्र मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्रमा बेतितीलाई व्यवस्थित गरि हामी र हाम्रो संस्थाहरुलाई बाच्न सहयोग गर्न आग्रह गरिएको  छ । ज्ञापन पत्र बुझदै नगरप्रमुख मिश्रले आपूm सबै खाले विद्यालय नियमअनुसार चल्नु पर्ने पक्षमा रहेको बताए । ‘ हामी शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको सर्वविधितै छ । समस्याहरु नभएका होइनन् तर समाधान गर्न समय      लाग्छ ।’ २ कक्षा दर्ता विद्यालयका कक्षा १०मा पढ्ने विद्यार्थीलाई  नगरप्रमुखद्धारा पुरस्कार नगर प्रमुख मिश्रले सबै प्रकारका विद्यालय नियम अनुसार चल्नु पर्ने आफूले चाहेको बताएपनि त्यो व्यवहारमा देखिएको    छैन । कञ्चनरुप नगपालिका–६ स्थित श्री राजाजी जनजागरण एकेडेमीले २ कक्षा अनुमति पाएका छन् । तर बर्षौदेखी नियम विपरीत कक्षा १० सम्म अभिभावकलाई ठगेर पढाउँदै आएका छन् । एकेडेमीले  गत बिहीबार १० औं वार्षिकोत्सब तथा अभिभावक दिवसमा मनाएका थिए । उक्त कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख बसन्त कुमारले नियम विपरीत कक्षा संचालन गरेका एकेडेमीका नर्सरी देखि कक्षा १० सम्म प्रथम , द्वितीय , तृतीय र अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेल , हाजिरीजवाफ , वक्तृत्वकला , कविता लगायतका प्रतियोगितामा प्रथम ,   द्वितीय , तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत  गरेको थियो ।          

प्यनब्सन जिल्ला अध्यक्ष देवानन्द चौधरीले नगरप्रमुख मिश्रलाई अवैधानिक रुपमा संचालिन विद्यालयले आयोजना गर्ने कार्यक्रममा नगरप्रमुख स्वयम् नियमविपरीत संचालन गरेको कक्षाका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु नियमविपरीत भएको बताएका थिए । जवाफमा नगरप्रमुख मिश्रले आपूmलाई सोबारे जानकारी नरहेको भन्दै आउने दिनमा कस्तो कार्यक्रममा जाने नजाने सोच विचार गरेर जाने जवाफ दिएका थिए ।
२ कक्षा दर्ता विद्यालयका कक्षा १०मा पढ्ने विद्यार्थीलाई नगरप्रमुखद्धारा पुरस्कार नगर प्रमुख मिश्रले सबै प्रकारका विद्यालय नियम अनुसार चल्नु पर्ने आफूले चाहेको बताएपनि त्यो व्यवहारमा देखिएको छैन । कञ्चनरुप नगपालिका–६ स्थित श्री राजाजी जनजागरण एकेडेमीले २ कक्षा अनुमति पाएका छन् । तर बर्षौदेखी नियम विपरीत कक्षा १० सम्म अभिभावकलाई ठगेर पढाउँदै आएका छन् । एकेडेमीले  गत बिहीबार १० औं वार्षिकोत्सब तथा अभिभावक दिवसमा मनाएका थिए । उक्त कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख बसन्त कुमारले नियम विपरीत कक्षा संचालन गरेका एकेडेमीका नर्सरी देखि कक्षा १० सम्म प्रथम , द्वितीय , तृतीय र अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेल , हाजिरीजवाफ , वक्तृत्वकला , कविता लगायतका प्रतियोगितामा  प्रथम , द्वितीय , तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत  गरेको थियो ।  प्यनब्सन जिल्ला अध्यक्ष देवानन्द चौधरीले नगरप्रमुख मिश्रलाई अवैधानिक रुपमा संचालिन विद्यालयले आयोजना गर्ने कार्यक्रममा नगरप्रमुख स्वयम् नियमविपरीत संचालन गरेको कक्षाका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु नियमविपरीत भएको बताएका थिए । जवाफमा नगरप्रमुख मिश्रले आपूmलाई सोबारे जानकारी  नरहेको भन्दै आउने दिनमा कस्तो कार्यक्रममा जाने नजाने सोच विचार गरेर जाने जवाफ दिएका थिए ।

प्रतिक्रिया