बहुजन समाज परिषदकाे हरिपुर नगरस्तरीय समिति गठन

  • पुष ५, २0७७
  • 0
...

बहुजन समाज परिषद नेपालले सर्लाहीको हरिपुर नगरपालिका स्तरीय भेला संपन्न गरेको छ। सम्पन्न भेलाले आश नारायण दासको अध्यक्षतामा ३१ सदस्यीय नगरकमिटी गठन गरिएको छ ।

गठित साे समितीको  उपाध्यक्षमा सोनिया माझी ,कामेश्वर राम,रामवृक्ष महरा ,कोषाध्यक्षमा राजकली देवि तत्मा,सचिबमा मंचित दास ,सह-सचिबमा गंगाराम महरा ,सदस्यहरुमा बाबुलाल पासवान ,लगनी माझी ,चतुरमान बि.क ,अकलु महतो,रसिदा खातुन  लगायतका व्यक्तिहरु चयन भएका छन। लक्ष्मिपुर दास धर्मशालाको प्राङ्गणमा भएको भव्य कार्यक्रममा बहुजन समाज  परिषद नेपालका अध्यक्ष हरिनन्दन कुमार रंजन ,वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवान जिल्ला सदस्य शिवदयाल राम लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

बहुजन समाज परिषद नेपालले जातिवादी शासकवर्ग द्वारा योजनाको तहत दवाइएको बहुजन समाजलाई हुकुमरान बनाइ समता ,स्वतन्त्रता एवं भाइचारायुक्त शासन वयवस्था कायम गराउने उदेश्यका साथ संघर्षरत रहेको छ।

प्रतिक्रिया