सप्तरीमा बिरोध प्रदर्शन

  • पुष ६, २0७७
  • 0
...

राजविराज, ५ पुस । आइतबार बिहान मन्त्रि परिषदको आकस्मिक बैठक राखेर गरिएको प्रतिनिधि सभा विघटनको सिफारिस र लगत्तै राष्ट्रिपतिद्वारा गरिएको अनुमोदनको बिरोधमा सत्ताधारी दलकै नेता तथा कार्यकर्ताहरु बिरोधमा उत्रेका छन् ।

उनीहरुले उक्त कदमलाई असंबैधानिक भन्दै न्यायका लागि अदालत जानुका साथै सडक तताउने घोषणा समेत गरेका छन् । आइतबार सप्तरी सदरमुकाम राजविराजस्थित नेकपा जिल्ला पार्टी कार्यालयबाट सयौको संख्यामा निस्केको जुलुस केपी शर्मा ओली बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै जनआन्दोलन चौकमा पुगेर उनको पुतला दहन समेत गरेका छन् ।

बिरोध प्रदर्शनमा नेकपा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोक कुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, प्रदेश सभा सदस्य महेश प्रसाद यादवलगायत ठूलो संख्यामा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरु सहभागि थिए । बिरोध प्रदर्शन पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै सहभागि वक्ताहरुले उक्त कदमलाई निरंकुशशैली र असंबैधानिक कदमको संज्ञा दिँदै यस बिरुद्ध आदालत जानुका साथै चरणबद्ध आन्दोलनका कार्यक्तमहरु सार्वजनिक गर्ने बताए थिए ।

प्रतिक्रिया