अनावश्यक जग्गा बिबादले घर निमार्ण रोकिएपछि १५ घर डोम समुदाय चिसोमा बस्न बाध्य

  • पुष ७, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,पुस ६ गते । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका – ३ गिदखोरा स्थित डोम समुदायका १५ घर परिवार जनता आवास कार्यक्रम अन्र्तगत घर निर्माण कार्यमा केही स्थानीयले बिना कारण अबरोध गरेपछि  चिसोमा बस्नबाध्य भएका छन् ।

डोम समुदायले वर्षोदेखि बसोवास गरिरहेको जग्गाका कुनै ठोस कागजात नभएता पनि स्थानीय सरकार तथा सम्बन्धीतत वडाका निर्माण गर्ने सम्बन्धी सिफारीसको अधारमा शहरी बिकास कार्यालय राजबिराजले आवास निर्माण कार्य शुरु गरेको थियो । पीडित जगदिश मरिकका अनुसार निर्माण कार्य सम्झौता बमोजिम चालु भएपछि ६ वटा घरको डिपिसी सम्मको कार्य भएर थप ४ ओटा घरको फाउन्डेशन तयार हुन लाग्दा सम्बन्धीत वडाका स्थानीय विकन साह, जामुन साह र गंगाई साहले काममा अवरोध गरेको छ ।

उनीहरुले घर निमार्ण भइरहेको जग्गामा कुनै किसमिको निर्माण कार्य नगर्नु भनेर ठेक्केदारलाई भनेपछि सो दिन देखि निर्माण कार्य बन्द छ । पीडित जगशिदका अनुसार  उनीहरु(साह)ले २००४ सालको नम्बरी अनुसार हामीहरुको जग्गा भएकोले घर बनाउन रोकेको दावी गरेपनि कुनै ठोस प्रमाण पेश गरेको छैन ।

‘जनता अवासबाला घर बनेपछि चिसोवाट घाम,पानी र चिसोबाट बच्ने सपना सपनै रहनेभो ।’ पीडत जगदीशले भने,‘हामी  १५ परिवाको बिजोग हेरीदिने कोही भएन ।’ जग्गा धनी मध्येको जामुन साहका अनुसार निर्माण भईरहेको जग्गाको केहि भाग जग्गा आफनो भएको दावी गरे । उनले विस २००४ सालको जग्गाको प्रमाण रहेको बताए । उनले भने,‘यी सबै प्रमाण हुदा हुदै किन जग्गा धनीसंग सरसल्लाह सम्बन्धीत पक्षहरुले गरेन  ।’ 

डोम समुदायको घर नबनोस भने हाम्रो चहाना होईन तर डोम समुदायहरुले हाम्रो जग्गामा अरु ब्यक्तिसंग किन सम्झौता गरेको छ । साहले भने,‘ वडा नं. ३ले किता नं. पनि फरक गरेर शहरी बिकाससंग सहमति गरेका रहेछन् । जस अनुसार उक्त किता पर्दैन ।’ आवास अधिकार सम्बन्धी ऐन् , २०७५ का अनुसार नेपाल राज्य भित्र आफनो वा आफनो परिवारको स्वामित्वमा घर जग्गा नभएको र आफनो वा आफनो परिवारको आय आर्जन सो्रत प्रयासवाट आवासको प्रवन्ध गर्नृ असमर्थ रहेका हरुकोलागी आवास उपलब्ध गराउने साथै तिनै तहका सरकारको बिचमा पारस्परीक समन्वय सहितको कानुनी व्यवस्था छ ।

तर कानूनी व्यवस्था हुदा हुँदै मरिक समुदाय मुसहर समुदाय लगाएतले सुरक्षीत आवास पाउनवाट बन्चीत हुँदै आएका छन् । हनुमान नगरकंकालनी नगरपालिका –३ का वडा अध्यक्ष विजय लोहटियाका अनुसार काम अवरोध गर्नेहरु(साह)ले २००४ सालको जग्गा प्रमाणको दावब गरेपनि देखाउन सकिरहेको छैन । साहहरुले जबरजस्ती अबरोध मात्र गरेको हो ।’
उनले भने,‘नगर प्मुख लगायत म स्वयम ठेक्केदारलाई काम गर्न भनेको छु । तपाईहरु काम गर्नुस् अबरोध गर्नेहरुसंग हामी बातचित गर्छु भन्दा पनि ठेकेदारले समयमा काम चालु नगरेकोले मरिकहरुलाई चिसोमा बस्न बाध्य भएको छ । ’

प्रतिक्रिया