जनताका बीचमा पूर्वमन्त्री यादब : ‘ म माँफी माग्न आएको छु र तपाईहरुले दिएको दण्ड मैले भोग्न तयार छु’

  • पुष ८, २0७७
  • 0
...

राजबिराज, पुस ७ गते । संबिधान सभा सदस्य एवं पूर्व सिचाइ मन्त्री उमेश कुमार यादवले कार्यकर्ताहरुसँग जनसम्बन्ध बिस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत विगतमा गरेको गल्तीको लागि माफी मागेका छन् ।

मंगलबार राजविराज नगरपालिका–१० दिघवामा जनसम्बन्ध बिस्तार तथा सुदृढीकरण अभियान कार्यक्रममा अभियान संयोजक समेत रहेका पूर्व मन्त्री यादबले भने,‘तपाईहरुले मलाई २०७० को चुनावमा बिश्वास गरेर जिताउनु भयो,तपाईंहरु दिएको अभिवारा अनुसार संविधानसभामा मैले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी राखिन।’

‘बिकाश निर्माणका काममा सदैव अरु भन्दा राम्रो गरेको छु । पूर्वमन्त्री यादबले भने,‘ मबाट कहिले गल्ती र अपराध भयो भन्नुस ? म माँफी माग्न आएको छु । तपाईहरुले दिएको दण्ड मैले भोग्न तयार छु । जनता ईतिहासका निर्माता हुन ।’

प्रतिक्रिया