सवारी दुर्घटना सम्बन्धी मुद्दामा पेट्रोल पम्पका संचालक रंजित भगत जेल चालन

  • पुष ८, २0७७
  • 0
...

कञ्चनपुर,पुस ७ गते । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा संचालित भगत पेट्रोल पम्प र कञ्चनपुर बेरियरमा यमहा मोटरसाइकल शो रुमका संचालक रंजित भगत पूर्वपक्षका लागि जेल चलान भएको छ ।

सवारी ज्यान मुद्वामा गत मंसिर १० गते भगतलाई ईलाका प्रहरी कार्यालय कंचनपुरले  नियन्त्रणमा लिएको थियो । पुर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ११ मा कार्तिक २८ गते भगत चढेको अन्टेस्ट मोटरसाइकलले वतन नखुलेको पैदल यात्रीलाई ठक्कर हानेको थियो । भगतले चलाएको मोटरसाइकलको ठक्करबाट घाईतेको बिराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको थियोे । मृतकको भने हालसम्म पहिचान  हुन सकेको छैन  । मृत्यु भएका ब्याक्तीको आफान्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । पेट्रोल पम्पका मालिक भगत यस अघि विभिन्न काण्डहरुमा मुछिए पनि शक्ति र सम्पत्तिको आडमा उन्मुक्ति पाउदै आएका थिए । पछिल्लो समय सप्तरीको प्रहरी प्रमुखमा एस्पि राजेन्द्र प्रसाद धमला आएसंगै अबराधमा संलग्न ब्याक्ती तथा अपराधी गिरोहहरु धमाधम  पक्राउ पर्न थालेका छ्न ।

ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले सोमबार जिल्ला अदालतले भगतलाई पूर्वपक्षका लागि करागार पठाउने पैmसला गरेको बताए  । डिएसपी सिंहका अनुसार भगतको सवारी चालक अनुमतिपत्र समेत थिएन ।

प्रतिक्रिया