राजकुमार साह
कञ्चनपुर, पुस ७ गते । सप्तरीको कञ्चनरुप नगरपालिका भित्रका मुसहर समुदाय र विपन असायहरु शितलहरमा पराल जलाएर जिवन बिताउन बाध्य छन् ।
सम्बनधीत निकायका जिम्मेबार पक्षहरु यी समुदायका समस्याबाट बेखबर जस्तै छ । हरेक बर्ष जस्तै यो बर्ष पनि तराईमा केही दिनदेखी लगातार चिसो बढिरहेको छ । कञ्चनरुप नगरपालिका भित्रका अधिकांश मुसहर समुदाय र विपन असाहयहरु हरेक बर्ष जस्तै यो बर्ष पनि चिसोबाट बच्नको लागि न्यानो लुगा नभएकोले पराल,रुखको पात लगाएतका बस्तुहरु बालेर चिसोबाट बचन बैक्लपिक उपाय अपनाउँदै आएको छ।
‘हामी मुसहर समुदायको पिडा बुझने कोईपनि हुदैन । प्रत्येक परिबारमा कम्तीमा ४ देखि ७ जना सम्मको सदस्य संख्या हुन्छ तर लगाउने लुगा देखि ओछयानसम्म रामो्र छैन । ’ कञ्चनरुप न.पा.– १ का झमलाल सदाले भने,‘ चिसोमा सबै परिबार न्यानो लुगा लगाउन नसकेर बाध्य भएर सबै सदस्य पराल जलाएर घुर तापन बाध्य छु ।’ उनले भने,‘ चुनाबको बेला नेताहरु ठुलो सपना देखाउँछन् ,जितेर गएपछि कोई पनि आउँदैन हामी मुसहर (सदा) को सम्सया बुझन ।’
स्थानीय भुनेश्वर सदाले भने,‘हामी मुसहर समुदायमा एक जना मजदुरी गर्ने हुन्छौ , महिलाहरु गाउँमा भएका ठूला बाडाको खेतमा मजदुरी गर्छ । त्यो पनि सधै होइन खेति सिजनमा धान ,गेहुँ काटेको वापत मिलने ज्यलाबाट साना – साना बच्चा हरुको खाना खुवाउनु र जरुरतको केहि आबसक्ता पुर्ति गर्नेमा मुश्किल हुन्छ । ’उनले भने,‘यति बेला चिसो ,शितलहरको समय छ , तर मुसहर समुदायको शरिरमा लगाउने न्यानो लुगा छैन । साना साना नानी र बच्चाहरुलाई घुरको आगो नजिक राखन बाध्य छु , आगोको धुवाँवाट स्वास्थ्य पनि खराब हुने त्यतीकै सम्भावना भएता पनि हामी मजबुर छौ ।’
पीडित मुसहर समुदायलाई प्रर्याप्त दाउरा,जलावन नभएकोले समस्या हुने गर्दछ । सम्बन्धीत निकायका पदाअधिकारीहरु हामो्र दुःख , पिडाबारै कहिले पनि सुन्न बुझन आउँदैन । हामी गएर आफनो समस्या वडामा भन्दा पनि वडा व्यवास्ता गर्ने गरेको छ । भुनेश्वर सदाले भने,‘ चिसोको कारण हरेक बर्ष मुसहर समुदायका केहि बच्चा र वृद्धको मृत्यु हुने गरे पनि सम्बन्धीत पक्षहरु चिसोवाट बचने केहि ठोस बेब्सथा गर्दैनन् ।’
कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले जाडोबाट पीडितहरुलाई १२ सय जनालाई सिरक वितरण गर्ने कार्य सुरु गरेको बताए । ‘ मंगलबार वडा नम्बर १२बाट हामीले सिरक वितरण गर्ने कार्यको सुरुवात गरेका छौं ।’ नगरप्रमुख मिश्रले भने,‘ गत बर्ष कम्बल वितरण गरेका थियौं,गत बर्ष कम्बल पाएकाले यो वर्ष सिरक पाउँदैनन् ।’ प्रत्येक वडालाई एक सयका दरले सिरक दिने नगरप्रमुख मिश्रले बताए ।
प्रतिक्रिया