कञ्चनपुर,पुस १२ गते । जनता समाजवादी पार्टीले पूर्व घोािषत कार्यक्रम अन्तर्गत सप्तरीको राजविराजमा पनि शनिबार मसाल जुलुस प्रर्दशन गरेको छ । राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको मसाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी शहिद दर्शन चौकमा पुगेर समापन भएको थियो । मसाल जुलुस प्रर्दशनका क्रममा सप्तरी सदरमुकाम राजविराजमा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियो ।
मसाल जुलुस सहित प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिनेश कुमार यादव, दिपेन्द्र चोधरि, महिलानेतृ पुनम यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, तिलाठी कोइलाडिका अध्यक्ष सतिश कुमार सिंह, विद्यार्थी नेता किशोर यादव, शम्भु यादव, युवा अध्यक्ष शिवम् यादव लगायतका नेताहरुले सम्बोधन गर्ने गर्दै संसद पुनस्र्थापनाको माग गरेका छन् ।
जसपाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको थियो । जसपाले पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो ।
प्रतिक्रिया