राजविराज,पुस १२ गते । गत मंसिर २३ गते अल्पआयुमै मृत्यु भएका गजेन्द्रनारायण सिंह अस्पतालका सवारी चालकको छोटेलाल यादबको परिवारलाई एक कार्यक्रम बिच अस्पताल परिवारले सहयोग स्वरुप शनिबार दुई लाख ६० हजारको चेक हस्तान्तरण गरेका छ्न। उक्त अस्पतालका गाडी चालक छोटेलाल यादवको परिवारलाई अस्पतालका कर्मचारीको दुई दिनको तलब कटा गरेर सहयोग गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रन्जित कुमार झाले आफ्नो ब्यक्तिगत तर्फबाट स्व.यादवका सन्तानहरुको पढाइमा वर्षेनि लाग्ने सम्पुर्ण खर्च उपलब्ध गराउने वाचा समेत गरे साथै मृतक यादवका श्रीमतीलाई अस्पतालमा जागिरको ब्यवस्था पनि गर्ने वचन दिए ।
कार्यक्रममा रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव,राजपा नेता दिनेश यादव र नेकपा नेता दुर्गानन्द ठाकुरको उपस्थिति रहेको थियो।अस्पतालका तर्फबाट डाक्टर दिपा यादव लगायत कर्मचारीहरुका साथै स्थानीयहरुको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया