कञ्चनपुर,पुस १२ गते । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय अन्तर्गत सप्तरीको प्रतिनिधिसभा–१ले भारदहमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
गत बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
क्षेत्रिय सभापति बद्री महत्वानको अध्यक्षमा कञ्चनरुप नगरपालिका–१२ स्थित रुपनगरमा बसेको क्षेत्रीय समिति लगायत अगुवा कार्यकर्ताहरुको भेलाले भारदहमा आन्दोलन गर्ने निर्णय भएको काग्रेसका केन्द्रिय सदस्य हेमराज तातैडले बताए ।
प्रतिक्रिया