राजकुमार साह
कञ्चनपुर, पुस २२ गते जनता समाजवादी पार्टीका नेता सुदम्बर यादवले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असमबैधानिक भएको बताएका छन् ।
जनता समाजवादी पार्टीले दोस्रो चरणको पूर्व घोषित कार्यक्रम अन्र्तगत बुधवार हनुमाननगर कंकालिनि नगरपालिकामा विरोध सभालाई सम्बोधन गर्दै यादबले सो कुरा बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै यादबले भने,‘मुलुक राजनीतिक र कानुनी दुबै रुपमा फसने सम्भाबना बढेर जादैँछ । अदालतले मुलुकलाई जोगाउँ छ कि द्धन्दमा फसाउछ त्यो हेर्न बाँकी छ ।’ भारदह स्थित बि.पि. स्कुलवाट निकलेको विरोध जुलुस पोर्ताहा चौक हुदै र्टेरनिङ फेक्ट्री परिकर्मा गरी भारदहको सहिद चौकमा कोणसभा गरेर समापन भएको थियो । विरोध सभा प्रर्दशनका क्रममा ईलका प्रहरी कञ्चपुरका प्रहरीको टोलि र भारदहका प्रहरी परिचालन गरिएको थियो । विरोध जुलुस सहित प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
आन्दोलन कारीहरुले राष्ट्रपति भण्डारी रप्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजि गरेका थिए । पार्टीका नगर ईन्चार्ज बिरेन्द्र माझि अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेता सूर्यनाथ यादव,बिजय कुमार यादव,सुमन मिश्र , श्याम सरदार, कल्पना चौधरी समविधान सभाका सदसय लक्ष्मी कुमारी चौधरी , जिल्ला सदस्य रामु कोडगिया यादव , नेता शुदमबर यादव, चितरंजन यादव, भुवनेश्वर यादव(थपा) , रामदेव यादव,रामकुमार यादव , रामसुन्दर यादव तिरहुत गा.पा.का अध्यक्ष हेम्नत बहरखेर (मनोज) ,हनु.कंकालनी न.पा.का उप प्रमुख सरीता यादव लगायतका नेताहरुले सम्बोधन गर्दै संसद पुर्नस्थापनाको माग गरेका छन् । काठमाण्डौमा बसेको पार्टीका कार्यकारिणी समितिको बैठकले देशव्यापी विरोध सभा देखि मसाल जुलुस सम्मको कार्यक्रम घोषणा गरेको थियो । जसपाले पुस २१ गते मसाल जुलुस र २२ गते विरोध सभा गर्ने कार्यक्रम थियो ।
प्रतिक्रिया