कञ्चनपुर,पुस २३ गते । प्रदेश नं. २ का भूमि कृषि तथा सहकारी मन्त्री सैलेन्द्र साहले बरमझियाको पेडा व्यवसाय आज विश्वमा परिचित भएको र पेडा व्यवसायलाई थप अगाडी बढाउन सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएको छ ।
बिहिबार कञ्चनरुप नपा २ बरमझिया स्थित नोबेल कृषि सहकारी संस्था लिमिटेडको १३औं साधारण सभा उदघाटन शत्रको प्रमुख अतिथिको आसनबाट बोलदै मन्त्री साहले सो कुरा बताएका हुन । सहकारीहरुले स्थानीय र शेयरधनी सहित रोजगार मुलक व्यवसायलाई प्रबर्धन गर्दै गरिबी न्युनिकरण गर्न सहयोग गर्नु पर्छ । मन्त्री साहले भने, सरकारले चाँडै साना किसानलाई १० हजार रुपैया खातामै पठाउने व्यवस्था गर्न लागेको बताएका छन । महिलाको सहभागित बिना विकास र समाजको व्यवस्थापन हुदैन । उनले भने महिलाहरुको लागि प्रदेश सरकारले ५० प्रतिशत सिट आरक्षण गरेको छ ।
विशिष्ट अतिथि जसपाका केन्द्रीय सदस्य सुर्यनाथ यादवले बेरोजगारी समस्यालाई सहकारीसंग जोडनु पर्ने आवश्यकता रहेको बताए । उत्पादनमुखी र बजार व्यवस्थापन भयोभने कृषक कृषी प्रति आकर्शित हुन्छ । नेता यादवले भने कम्तीमा कृषकहरुको उत्पादन बाट २० देखी २५ हजार सम्मको आमदानी हुनु परो । साधारण सभामा संस्थाका अध्यक्ष बैजु बावरा गुप्ताले आर्थिक बर्ष ०७६÷०७७ को उपलब्धिबारे प्रकाश पारेका थिए । सहकारीले १२ बर्ष अगाडी २५ जना मिलेर २ लाख ५२ हजार ५ सय चुक्ता पँुजी जुटाएर सुरुभएको सहकारी अहिले १ करोड चुक्ता पँुजी बनाउन सफलभएको र १० करोड भन्दा माथिको कारोवार गर्न सक्षम भएको अध्यक्ष बाबराले जानकारी गराएका थिए ।
गत आ.व.मा सहकारीले ८ लाख ५५ हजार ९ साय ४१ रुपैया नाफा कमाएको बताउदै चालु आ.व.मा एम्वुलेन्स संचालन गर्ने, कृषी क्षेत्रमा कर्जा प्रवाह गर्ने, सहकारी औषधी पसल तथा क्लिनिक सेवा सञ्चालन गर्ने योजना रहेको जनाएका थिए । संस्थाका अध्यक्ष गुप्ताले शनिवार बन्द शत्र हुने जनाएका थिए । कार्यक्रममा कञ्चनरुपन नपाका नगरप्रमुख बसन्त कुमार मिश्रा, उपप्रमुख निरु पोखरेल , बडा नं. ३ का बडाध्यक्षा, कार्यपालिका सदस्य निरंजन साह, वडा सदस्य ओम प्रकास साह, अकवर अलि, बैजनाथ गुप्ता, केन्दुला देवी झा, डा. भोला प्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो । त्यस्तै साविक बरमझिया गाविसका निबर्तमान अध्यक्ष छेदी पंंडीत, साविक गाविसका निबर्तमान अध्यक्ष इन्द्रदेव कोडगीया र राजिन्द्र यादव समेतको उपस्तिथि थियो ।
प्रतिक्रिया