कञ्चनपुर,पुस २३ गते । नेकपाका नेता एवम पुर्व सिचाइ मन्त्री उमेश यादवले प्रधानमन्त्री केपी ओलीलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन । सप्तरीको कन्चनरुप नपा १२ मा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै यादवले भने, “संविधानको सर्वोच्ताको नारा दिने तपाइले संविधानलाई च्यतचुत गर्न मिल्छ?” प्रधानमन्त्री ज्यू संविधानको कुन धारा प्रयोग गरेर सांसद विघटन गर्नु भयो? यो देश तपाईको बपौती हो?
अहिलेको संविधान कुनै राजा महाराजाले दान र बक्सिशमा दिएको नभए र जनताको प्रतिनिधिले बनाएकोले प्रधानमन्त्री केपी ओलीलाई नष्ट पार्ने कुनै अधिकार नभएको बताउदै पूर्वमन्त्री यादवले केपी ओली संघियता र परिवर्तन विरोधि भएको बताए ।
पूर्व सांसद असर्फि सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व सभासद अशोक मण्डल, रामपृत पासवान, प्रदेश २ का सदस्य गोविन्द न्यौपाने लगायतका बक्ताहरुले सभालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया