सप्तरीमा गहुँखेती जोगाउँन बनाइएको बिद्युतिय धरापमा परि हात्तीको मृत्यु

  • पुष २५, २0७७
  • 0
...

कञ्चनपुर,पुस २५ गते । डेढ महिना भित्र सप्तरीमा करेन्ट लागेर दोस्रो हात्तीको मृत्यु भएको छ ।

पछिल्लो पटक सप्तरीको खडक नगरपालिकामा –४ मा शुक्रबार राति विद्युतिय धरापमा परि हात्तीको मृत्यु भएको हो । गहुँ खेती बचाउनका लागि गरिएको तारबारमा करेन्ट प्रवाह गर्दा हात्तीको ज्यान गएको हो ।

गहुँ खेती बचाउनका लागि गरिएको तारबार र त्यसमा राती करेन्ट प्रवाह गर्ने गरेकोमा राती ५ वटा समूहमा आएका हात्तीमध्ये एउटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्रकुमार पासवानले बताए । यसअिघ सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि ७ मंसिरमा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो ।

नगरपालिकाको वडा नम्बर ५ पडेमारामा विद्युत पोलमा शरीर घिसारेपछि तार चुँडिएर त्यो हात्तीलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको थियो । खड्ग नगरपालिकाको वडा नम्बर ४ अमहाका गोसाई चौधरीको खेतमा हात्ती करेन्ट लागेर मरेको प्रहरी निरीक्षक पासवानले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

सप्तरीको कोशी र चुरे क्षेत्रमा दैनिक रुपमा हात्ती आएर आतंकित बनाउन थालेपछि यस क्षेत्रका बासिन्दाले विद्युतीय धराप लगाउने गरेका छन् । यद्यपि प्रहरीले विद्युतीय धराप लगाउनु गैरकानुनी काम भएको भन्दै यसबारे वन कार्यालयले नै कुनै निर्णय लिन सक्ने जनाएको छ । हात्ती मरेको खवर समाजिक सञ्जाल मार्फत पैmलिएपछि हेर्न आउने सयौंको भिड जम्मा भएको छ ।

प्रतिक्रिया