राजकुमार साह
कञ्चनपुर,पुस २५ गते । सप्तरीको कञ्चनरुप–४ स्थित जगतपुर र कञ्चनपुर सिमामा पर्ने राधा कृष्ण मन्दिरमा मूर्ती स्थपनाको लागि स्थानीय कञ्चनपुर बजारबासी र जगतपुर बासी बिच बिवाद भएको छ ।
अहिलेको बिवाद कञ्चनपुर बजारका ब्यापारी र केही स्थानीय बासीनदाहरुले आर्थिक संकलन गरेर नयाँ राधा कृष्णको मूर्ति किनेर ल्याएर मन्दिरको भूइतल्लामा प्रतिस्थापना गर्न तयारी गरेको छ, तर जगतपुरबासीले मन्दिरको पहिलो तल्लामा मूर्ती स्थापना गर्ने अडान लिएपछि बिवाद शुरु भएको हो । बिवादका कारण मन्दिरमा मूर्ती स्थापना गर्ने कार्य प्रभावित भएको छ । साबिक जगतपुर गाबिसका निवर्तमान अध्यक्ष शिवनारायण साहका अनुसार हाल मन्दिर निर्मित भवन भएको ठाउँमा हाटबजार लागने गरेको थियो । अन्जनी सिंहको नाउमा रहेको जग्गा स्थानीय जनसमुदायको सहयोग र जग्गा धनिसंगको छलफल पछि ३ कठा ६ धुर जग्गा सार्वजनीक जग्गाको रुपमा कायम भएको छ । अदालतको फैसलामा मन्दिरको नाउँमा ६ धूर जग्गा कायम गरि छापरो टहराको रुपमा रहेको राधा कृष्ण मन्दिर साबिक कञ्चनपुर र जगतपुरको सहयोगमा भवन निर्माण भएको छ ।
मन्दिरमा हाल शंक मरमरको राधा कृष्ण मूर्ति स्थापित छन् । साथै नियमित पूजा पाठ भईरहेको छ । दुईवटा मूर्ति संगै स्थापीत भए पनि एउटाको केहि समय पहिला हात टुटेको छ, तर पुजा पाठमा कुनै ब्यवधान परेको छैन । गत आर्थिक वर्षमा संसदीय विकास कोषवाट १० लाख रकम विनियोजनबाट मन्दिरको माथि तल्लाको निर्माण कार्य शुरु भएको छ । चालु आर्थिक वर्षमा कञ्चनरुप न.पा.ले समेत रकम विनयोजन गरेको छ ।
लामो समय सम्म मन्दिर रेखदेख र व्यवस्थापन गर्न कसैको ध्यान नगएपछि कञ्चनपुरबासीहरुको एक भेलाले सचिन साहको अध्यक्षतामा मन्दिर व्यवस्थापन गर्न एक समिति गठन गरेको थियो । उक्त समितिले व्यापारीहरुसँग केही चंदा संकलन गरेर नायाँ मूर्ती किनेर पुनः विधिवत रुपमा प्रतिस्थापन गर्न खोजेको राधा कृष्ण मन्दिरका तदर्थ समितीका अध्यक्ष सचिन साहले बताए ।
तर गत आवमा मन्दिरमा बजेट आएपछि मन्दिर व्यवस्थापनको विषयमा बिवाद शुरु भएको हो । यस अघि मन्दिरमा मूर्ति स्थपना वारे वडा नं. ४ का वडा अध्यक्ष रामनारायण साहले स्थपना गर्नको लागि सहमति दिएको थियो । पछि वडा अध्यक्षलाई ४ नं. वडाको केहि ब्यक्तिले दवाव दिएपछि मूर्ति स्थपनाको बिषयलाई राजनीतिक रुप दिएको समितिका अध्यक्ष सिचन साहले बताए । अध्यक्ष साहका अनुसार गत आवमा मन्दिर निर्माणको कार्य गर्न गोप्य रुपमा उपभोक्ता समिति बनाएपनि कुनै अवरोध नगरेको तर अहिले हामीले मन्दिरमा मूर्ती स्थापना गर्न खोज्दा अन्हाकमा बिवाद सृजना गर्न खोजिएको बताए ।
मूर्ती स्थापनाको विषयमा बिवाद भएपछि गत बिहिवार दुवै समाजका मानिसहरु छलफलमा बसेपनि कुनै सहमति हुन नसकेको बडा नं. ४का बडाध्यक्ष रामनारायण साहले बताए । “म आफनो वडामा गएर वडाको जनतासंग छलफल गरेर मात्र भन्छु कहिले र कसरि अहिलकोे अबस्थामा मन्दिर भित्र मूर्ति स्थापित हुन्छ ।” उनले भने, शनिबार बडामा जनता भेला गरेर छलफल गर्ने र सोही निर्णय अनुसार अघि बढछौं ।
प्रतिक्रिया