नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको अध्यक्षमा कटुवाल,सह–सचिवमा चितरंजन यादब

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर, पुस २५ गते । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको १०औं बार्षिक साधारण सभा तथा चौथौ शाखा अधिवेशन शनिवार समपन्न भएको छ । राजविराज स्थित साह धर्मशालामा सम्पन्न अधिवेशनबाट बेल्टार (उदयपुर)का प्रलादकुमार कटुवालको नेतुत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

 नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा राजविराजका सन्तोषकुमार सिंह, सचिवमा राजविराज कै चन्द्र नारायण दास र कोषध्यक्षमा पोर्ताहा (सप्तरी)का हरिनारायण विराजीलाई निर्विरोध निर्वाचन गरिएको निर्वाचन अधिकृत सतीश कुमार दत्तले बताउनु भयो । नव निर्वाचित कार्य समितिको सदस्यहरुमा सितापुर प्रसबनी (सप्तरी)का श्यामकुमार चौधरी, बरमझिया (सप्तरी))का नरेन्द्र कुमार चौधरी र फत्तेपुर (सप्तरी)का महेश कुमार श्रेष्ठ रहनु भएको निर्वाचन अधिकृत दत्तले बताए ।

शाखाका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन संघका सदस्य श्यामकुमार चौधरीले गर्नु भएको थियो । उक्त अवसरमा शाखा अध्यक्ष चौधरीले प्रमुख अतिथि मन्त्री साहलाई र मन्त्री साहले अन्य अतिथि तथा सदस्यलाई सम्मान समेत गर्नु भएको थियो । निर्वाचनको परिणाम घोषणा लगत्तै प्रमुख निर्वाचन अधिकृत दत्तबाट नव नियुक्त अध्यक्ष कटुवालललाई र कटुवालबाट निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएर पदस्थापन समेत गरिएको थियो भने लगतै कार्यसमितिबाट मनोनीत गरिने १जना सदस्य पदमा राजविराजका सूर्यनारायण यादवलाई सदस्यमा मनोनयन गरिएको नव निर्वाचित सचिव चन्द्र नारायण दासले बताए । अधिवेशनको बन्द सत्रले शाखाको सचिव विद्यानन्द चौधरीको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र नारायण दासले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन अनुमोदन गरेको छ ।   

प्रतिक्रिया