राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोले पशुपंक्षी औषधीको क्षेत्रलाई समेत उचित व्यवस्थापन गर्छौ : मन्त्री साह

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर,पुस २५ गते । प्रदेश २का का भुमि सुधार व्यावस्था, कृषि तथा सहकारी एवं गरिबी निवारण मन्त्री माननीय शैलेन्द्र प्रसाद साहले आउँदो समयमा राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोले पशुपंक्षी औषधीको क्षेत्रलाई समेत उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार राजविराजमा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ सगरमाथा शाखाको १०औं बार्षिक साधारण सभा तथा चौथौ शाखा अधिवेशनको उदघाटन गर्दै पशुपंक्षी औषधिका व्यापारीहरुलाई उचित तालिम र प्रशिक्षण दिलाउन तथा दर्ता प्रक्रिया व्यवस्थित गर्न राज्यले उचित कानून निर्माण गराउने तर्फ कार्य प्रारम्भ गरेकोले चाँडै पूरा गर्ने वाचा गरेका छन् । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सो कार्यको लागि पशु औषधि व्यावसायीहरु सजग हुनु पर्ने र समयमै राज्य सयन्त्रको ध्यानकर्षणा गराउनु पर्ने आवश्यकता औंल्याए ।

उक्त अधिवेशनमा बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल पशुपंक्ष्ाँी औषधि व्यवसायी संघको केन्द्रीय प्रथम उपाध्यक्ष यज्ञराज ढकालले राज्यले कृषि औषधी र पशु औषधि बिक्रेतालाई अलग अलग दर्ता प्रक्रियामा लानाले यस क्षेत्रका व्यावसायीमा समस्या उत्पन्न भएको बताए । केन्द्रिय उपाध्यक्ष ढकालले यस क्षेत्रका व्यावसायीलाई समय अनुसार परिवर्तन हुन र प्रतिस्पर्धामुखी भई गुुणस्तरीयतामा ध्यान दिन आग्रह गरेका थिए ।  उक्त अधिवेशनको उदघाटन सत्रमा संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद यादव, प्रदेश नं. २ का उपाध्यक्ष प्रदीप दहाल, संघको कोशी शाखाका पूर्व अध्यक्ष बिष्णु प्रसाद निरौला, निर्वाचन अधिकृत सतीश कुमार दत्त लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया