रामगोपालपुर नपा दिनेश रामको अध्यक्षतामा २७ सदस्यीय बहुजन समाज परिषद नेपालको नगर कमिटी समेत गठन

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर, पुस २५ गते । बहुजन समाज परिषद नेपाल महोत्तरी जिल्ला कमिटीको आयोजनामा शनिबार रामगोपालपुर नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष रामप्रकाश महराको अध्यक्षतामा सम्पन्न भेलाले राम दिनेश रामको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । कमिटीको उपाध्यक्ष रामप्रसाद सदा,कोषाध्यक्ष बिजय राम,सचिबमा हंसलाल बैठा तथा सहसचिबमा रामबाबु सदा एवं सदस्यहरुमा बिनोद ठाकुर हजाम ,देवकलि देवि ,हरदेव महरालगायतका व्यक्तिहरु चयन भएका छन।
परिषदका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले नव गठित कमिटीलाई बधाई दिएका थिए ।  

सबै कार्यकर्ता तथा नेताहरुलाई बहुजन समाज प्रती पुर्ण इमानदारी एवं लगनशीलताका साथ काम गर्न तथा देश प्रदेशको सर्बोच पावर केन्द्रमा अछुत बनाइएको समाज लाई बसाउन अहोरात्र जनसेवा गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया