स्केच नेपालद्धारा दुई सय गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन गरि वितरण

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर,पुस २५ गते । स्केच नेपाल कञ्चनरुप–८,सप्तरीले गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन गरि शनिबार  वितरण गरेको छ ।

कञ्चनरुप नगरपालिका–६ स्थित मुसहर र चमार बस्तीका एक सयभन्दा बढीलाई  न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष संदीप गुप्ताले बताए । २ सात अघि स्केच नेपालले  गरिब तथा विपन्न हरुलाई जाडो बाट बच्नका निम्ति न्यानो लुगा संकलन तथा वितरण अभियानको सुरुवात गरेको थियो  । स्केच नेपालले अहिलेसम्म विभिन्न चरण गरी कंचनरुप नगरपालिका भित्र रहेका दुई सयभन्दा भन्दा बढी गरिब, विपन्न तथा दलितहरुलाई न्यानो लुगा वितरण गरेको छ ।

स्थानीय व्यापारी तथा समाजसेवी मो. नेसार, नवजिवन साह, मुनिन्द्र साह, मुकेश गुप्ता, निरज रौनियार, लगायतले वितरणका लागि विभिन्न किसिमका न्यानो लुगाहरु उपलब्ध गराएका छन् । 
अध्यक्ष गुप्ताका अनुसार स्थानीयले राम्रो अवस्थामा रहेका पुराना जाडोको लुगाहरु समेत उपलब्ध गराएका छन् । अध्यक्ष गुप्ताले कार्यक्रम माघको पहिलो साता सम्म संचालन मा रहने र सबैलाई सहयोगका निम्ति अपिल गरेका छन् ।

प्रतिक्रिया