दलित महिला संघले युएन वमनको सहयोगमा पाँच सय परिवारलाई राहत वितरण गरे

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर,पुस २५ गते । दलित महिला संघले युएन वमनको सहयोगमा कञ्चनरुप नगरपालिका सहित सप्तरी र सिरहाका पाँच सय परिवारलाई राहत वितरण गरेको छ ।

पछिल्लो पटक शनिबार विष्णुपुर गाउँपालिकाका एक सय २५ परिवारलाई राहत वितरण गरिएको छ । ‘कोभिड १९ को सन्दर्भमा महिला तथा सिमान्तीकृत वर्गहरूका लागि बृहत् राहत प्याकेज सहयोग’ कार्यक्रम अन्तरगत सिरहाको धनगढीमाई नगरपालिका र विष्णुपुर गाउँपालिका र सप्तरीको कन्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकामा उक्त राहत वितरण गरिएको हो । उक्त कार्यक्रमका लागि प्रत्येक जिल्लाबाट २५० लाभान्वित वर्गहरूको छनोट गरिएको भने लक्षित गाउँपालिका तथा नगरपालिकाहरूमा प्रत्येकबाट १२५ गरी चारवटा पालिकाका जम्मा ५०० लाभान्वित वर्गहरू छनोट गरिएको र सो लाभान्वित वा लक्षित वर्गले ३ पटकसम्म खाद्यान्न तथा गैर खाद्यान्न राहत सामाग्रीहरू वितरण गरिएको कार्यक्रम प्रादेशिक संयोजक रविन्द्र साहले जनाएको छ ।

कोभिड १९ को संक्रममण रोकथाम, उपचार तथा नियन्त्रणलाई प्रभावकारी तुल्याउन घरमा नै सुरक्षित साथ बस्ने नीति  सो का लागि जाारी देशव्यापी लकडाउन पालना गर्ने क्रममा उपभोग्य खाद्यान्न जुटाउन असमर्थ दैनिक हातमुख जोड्ने समस्याले ग्रसित, दैनिक ज्यालादारीमा मजदुरी गर्नेलाई राहत वितरण गरिएको दलित महिला संघको केन्द्रिय उपाध्यक्ष शाीनत पासवानले बताइन । उनले भनिन,‘ हामीले मजदुर, श्रमिक, गरिव तथा आर्थिक रुपमा विपन्न महिला, दलित महिला तथा सीमान्तीकृत वर्गहरूलाई आवश्यक खाद्यान्न तथा राहत उपलब्ध गराएका छौं ।’
 

प्रतिक्रिया