कृषि क्षेत्र उन्तउत्पादन बिधिवाट नभएकोले परनिर्भर : डा. यादव, मिथिला कृषि सहकारी संस्थाको ९औं सधारणसभा सम्पन्न

  • पुष २६, २0७७
  • 0
...

कञ्चनपुर, । सप्तरी संसदीय क्षेत्र नं.  १ वाटनिर्वाचित  प्रतिनिधिसभाका संसद डा. सूर्यनारायण यादवले नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्र उन्तउत्पादन बिधिवाट नभएकोले आत्मनिर्भर हुनु पर्नेमा परनिर्भर हुनुपर्ने अबस्था रहेकाे छ । जसको कारण हरेक बर्ष खद्दान आयातमा राज्यले ठूलो अर्थतन्त्र घाटा बेहोरदै छ । 

सांसद यादवे भने, कृषि क्षेत्र साविक जस्तो उत्पदान वढाएर  निर्यात गर्नकोलागि सहकारीको माध्यमद्धारा कृषकलाई प्रोत्साहन गरि तिनवटै तहको सरकारको सम्नवयमा एकरुपताको साथ नीति अबधारण र कार्यनव्यनमा जोड दियो भने निकट भविषयमै कृषि क्षेत्र आत्म निर्भर सहित रोजगार र व्यवसायीकरण हुन्छ । शनिवार  कञ्चनरुप नपा २ बरमझिया स्थित मिथला  कृषि सहकारी संस्था लिमिटेडको ९औं साधारण सभा उदघाटन शत्रको प्रमुख अतिथिको आसनबाट बोलदै यादवले  सो कुरा बताएका हुन । 

सहकारीहरुले स्थानीय र शेयरधनी सहित रोजगार मुलक व्यवसायलाई प्रबर्धन गर्दै गरिबी न्युनिकरण गर्न सहयोग गर्नु पर्छ । महिलाको सहभागित बिना विकास र समाजको व्यवस्थापन हुदैन ।  विशिष्ट अतिथि अन्नपूर्ण बहुमुखि बच्त तथा ऋण सहकारीका अध्यक्ष सुदम्बर यादवले   बेरोजगारी समस्यालाई सहकारीसंग जोडनु पर्ने आवश्यकता रहेको बताए । उत्पादनमुखी र बजार व्यवस्थापन भयोभने कृषक कृषी प्रति आकर्शित हुन्छ । अध्यक्ष  यादवले भने ब्रिटिस सरकार अन्र्तगत बेलायतको म्यानचेस्टर सिटी शहरमा सन् १८४४ वाट औद्यौगिक क्रान्तिले कामबिहिन मजदुरहरुकोलागि कपडा बुन्ने  पायोनिर सोसाईटि नामको उपभोक्ता पसल खोली सहकारी स्थापित भएको छ  ।  उनले भने नेपालमा बि.स. २०१३ साल चैत २० गते चितवनको बखानपुर सहकारी  ऋण  समितिको रुपमा दर्ता भएको सहकारी पहिलो सहकारी संस्था हो ।

त्यसपछि नेपालको  कानुन बिनियोजन भएपछि  सहकारीहरुको बिस्तार भएको छ । उनले भने दिगो आर्थिक बिकास, समाजिक संसकृति बिकास, शिक्षा र कृषि उत्पदानमा अहम भुमिका सहितको कार्य गरि रहेको छ  ।  साधारण सभामा संस्थाका अध्यक्ष राजेन्द्र यादवले  आर्थिक बर्ष ०७६÷०७७ को उपलब्धिबारे प्रकाश पारेका थिए । सहकारीको सेयर पुँजी १३ लाख ४५ हजार छ भने २ करोड ७९ लाख ८७ हजार ४ सय ९६ रुपैया बरावरको कारोवार भएको छ । २ करोड ६५ लाख ७४ हजार ८ सय ३७ रुपैया ४७ पैसा खर्च छ, भने ८ लाख ९४ हजार ७ सय ९० रुपैया बैंक मौजदात रहेको बताउदै चालु आ.व.मा  कृषी क्षेत्रमा कर्जा प्रवाह गर्ने, कुषि सहकारीको नाउँमा जग्गा खरिद गर्ने, रिमिटाँस संचालन गर्ने र ग्याँसको डिलर सहित सञ्चलान गर्ने योजना रहेको जानकारी गराए ।  

संस्थाका अध्यक्ष यादवले  शनिवार नयाँ सञ्चालक समिति पनि गठन हुने बताएका छन । कार्यक्रममा कञ्चनरुपन नपाका नगरप्रमुख बसन्त कुमार मिश्रा,  बडा नं. ३ का बडाध्यक्षा सत्यनारायण साह, वडा नं. १० का वडा अध्यक्ष दिलिप चौधरी ,  कार्यपालिका सदस्य निरंजन साह, वडा सदस्य  बैजनाथ गुप्ता,  डा. भोला प्रसाद गुप्ता, माँ दुर्गा मन्दिरका अध्यक्ष बिकास प्रसाद गुप्ता,  बरमझिया गा.वि.का निवर्तमान अध्यक्ष छैदि लाल पंडित ,प्र.अ. राजेश्वर प्रसाद साह , नागेश्वर यादव र न.पा.का को कृषि शाखा संयोजक बेचन सढोक यादव  लगायतको सहभागिता रहेको थियो ,भने कार्यक्रमका सञ्चालन बिकास साहले गरेको थियो ।

प्रतिक्रिया