कञ्चनरुपको पहिलो प्राथमिकता शिक्षा : तर तीन बर्ष बित्दा समेत शिक्षा समिति गठन भएन

  • पुष २८, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,पुस २७ गते ।
स्थानीय  सरकार गठन भएको ३ बर्ष वितेर ४ बर्षमा लाग्दा समेत कञ्चनरुप नगरपालिकामा शिक्षा समिति गठन भएको छैन ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले ‘शिक्षा,स्वास्थ्य,पूर्वधार,कृषि पर्यटन र रोजगार, स्वच्छ हराभरा समृद्ध कञ्चनपुर नगर’ नारा तय गरेको छ । कञ्चनरुप नगरपालिका नगर प्रमुख वसन्तकुमार मिश्र लगायतका जनप्रतिनिधि नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको भाषण गर्न थालेको पनि तीन बर्षभन्दा बढी भइसक्यो तर नगरभित्र शिक्षा क्षेत्र ब्यवस्थित भएको छैन् । नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अनुसार नगरभित्र सामुदायक र मदर्शा गरि जम्मा ३२ वटा बिद्यालय  छन् । जसमा ५ वटा मदर्शा , ८ वटा मावि र १९ वटा अधारभूत विद्यालय छन् ।

शिक्षा समिति गठन नहुनुको कारण समितिमा कसलाई राख्ने ? भन्ने जनप्रतिनिधिबीच भागबण्डा नमिल्नु प्रमुख कारण रहेको छ । समिति गठन गर्न यसअघि केही प्रयास भएपनि हुन सकेको छैन । कञ्चनरुप नगरपालिकाका शिक्षा शाखाका अनुसार  पुस २९ गते समिति गठनबारे बैठक बस्ने कुरो भएको छ । 

छात्रवृत्ति रकम पनि विद्यालयले वितरण गरेन :
    नगरपालिकाबाट दलित तथा समान्य छात्राहरुको लागि स्कुलको बैक खातामा रकम दिएको छ । प्रावि,निमावि बिद्यालयका प्रत्येक बिद्यार्थिको लागि ४ सय र मावि बिद्यार्थिको लागि ५ सय रकम दिने गरेपनि दलितमा छात्र र छात्रा दबैले पाउँछ भने अन्य जातिमा छात्रा मात्र पाउँछ ।           

आर्थिक वर्ष २०७६ ÷ ०७७ को लागि विनयोजित  १७ लाख ५४ हजार ७ सय रकम असाढमै न.पा.द्धारा स्कुलको खातामा वितरणका लागि पठाई सकिएको शाखाले जनाएको छ । तर अहिलेसम्म कुनैपनि विद्यालयले छात्रवृत्ति रकम वितरण गरेको छैन । केन्द्र सरकारबाट विपन्न विद्यार्थिलाई पठनपाठनमा सघाउन विपन्न विद्यार्थीलाई छात्रवृतिको ब्यवस्था गरेको छ । तर कञ्चनरुप नगरपालिका भित्र रहेका विद्यालयहरुमा कुन विद्यालयले कति छात्रवृति फारम भराए र कतिले छात्रवृति पाए ? भन्ने बारे नगरपालिकाको शिक्षा तथा खेलकुद शाखासँग कुनै तथ्याङ्क छैन् ।

दलित सरकोकार मञ्च नेपालले नगरभित्रका सबै विद्यालयका कम्प्युटर चलाउने शिक्षकलाई निःशुल्क रुपमा छात्रवृति फारम इमिसबाट कसरी भर्ने बारे तालिम पनि दिएको थियो । तर अहिलेसम्म कुन विद्यालयका  कति जना विद्यार्थी छात्रवृत्ति पाए वा ती विद्यार्थीको खाता खोले पैसा पाउने व्यवस्थापन गरिएको छ भन्ने जानकारी समेत शिक्षा शाखासँग छैन ।

तीन बर्ष बित्दा नगर भित्र खाजा कार्यक्रम लागु भएका विद्यालयलेसमेत समयमा रकम पाएको छैन । आर्थिक वर्ष २०७५÷०७६मा असारको अन्तिम दिन विद्यालयको खातामा खाजाको रकम दिएको थियो । तर गत आर्थिक वर्ष २०७६÷०७७मा  खाजाको सबै रकम  फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा समेत खाजा कार्यक्रम संचालन भएको छैन ।

प्रतिक्रिया