जातलाई जमातमा बदलेर हुक्कुमराण बन्न वरिष्ठ नेता पासवानको आग्रह

  • पुष २९, २0७७
  • 0
...

सर्लाही,पुस २९ गते । बहुजन समाज परिषद नेपालका वरिष्ठ नेता राजाराम पासवानले जात जातमा बिभक्त समाजलाई एक जमात बनाएर हुकुमरान बन्नुपर्ने आवश्कता रहेको बताएका छन् ।
बहुजन समाज परिषद नेपालले बुधबार सर्लाहीको बँसबरिया गाउँपालिकामा पालिकास्तरीय कार्यकर्तालाई सम्बोधन गर्दै पासवानले सो कुरा बताएका हुन् ।

‘जल–जंगलमा हिस्सेदारी र शोषितलाई बनाउ भुमीको अधिकारी’ नाराले गुंजयमान भएको सभालाई राष्ट्रिय संगठन प्रभारी समेत रहेका वरिष्ठ नेता राजाराम पासवानले देश र प्रदेशमा बहुजन जमातलाई आफ्नो सरकार बनाउन अपिल गरेका थिए । “दलित अतिपिछ्डा र मुसलमान समाज आजसम्म ठ्गिएको छ,आदिवासी जनजाति र अल्पसंख्यकको बलिदानीले बनेको राजनैतिक व्यव्स्थामा केही जातीहरुले मात्रै रजाइ गरि जनमत र लोकतन्त्रलाई बदनाम गरेको छ।’

कार्यक्रममा प्रमुख अतिथीको रुपमा परिषदका संयोजक हरिनन्दन कुमार रंजनले संबोधन गर्नुहुदै आम जनतालाई जातीवादी र नश्लवादी शासक न हटे सम्म देशबाट नश्लिय अधारमा हुने भेदभाव र बंशिक भ्रष्टाचार मेटाउन न सकिने बताए। पृथक निर्वाचन क्षेत्र र सेपरेट सेटलमेन्ट अधारित भौगोलिक स्वराजले मात्रै हाम्रो समस्याको समाधान हुने भन्दै हरेक समस्याको जड जात वयवस्था रहेकोले यसको बिनास गर्नु पर्ने बताए।उनले केही पिछ्डा जातीहरुले ब्राह्मणवादीको लठैत भएर जात ब्यब्स्था बचाउने कार्य गरिरहेको हुदाँ त्यसता जातीवादीलाई सबक सिकाउन र जात ब्यब्स्थाको अन्त्य गर्न अब अतिपिछडा,मुसलमान,धार्मिक अल्पसंख्यक एवं आदिवासी जनजाति समेतको बहुजन समाजले जातको उपयोग गर्नुपर्ने धारणा राखे । 

जिल्ला सदस्य बिजय पासवानको अध्यक्षतामा संपन्न कार्यक्रमलाई परिषदका केन्द्रिय सदस्य जितेन्द्र राम ,अरुण पासवान,राम प्रबेश राम,दिपलाल दास ,सोबराती मियाँ धोबी शिबदयाल राम, गायत्री मल्ली ,चैना देबि राम,अन्जु पासवान लगायतका नेता तथा कार्यकर्ताहरुले संबोधन गरेका    थिए । मानपुर बैरेजको फिल्डमा संपन्न कार्यक्रम जिल्ला सदस्य बिन्दीलाल महराको सहजीकरण तथा बैधनाथ रामको संचालनमा आयोजित रहेको थियो ।
४५ सदस्य गाउँपालिकास्तरीय कमिटी गठन 
आत्मसम्मान,भाइचारा,समता र जनसंख्याको अधारमा हिस्सेदारीको माँग राख्दै संघर्ष गरिरहेको परिषदले बसबरियामा एक सभा आयोजन गर्दै ४५ सदस्यीय गापा कमिटी बनाएको हो ।
अरुण पासवानको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुनैना राम तथा दिपनी देवि दास रहेकी छिन । शिवशंकर रामले सचिबको जिम्मेवारी पाउनुको साथै गायत्री मल्लि कोषाध्यक्ष तथा सोबराती मियाँ धोबीले सहसचिबको जिम्मेवारी सम्हालेका छन।

प्रतिक्रिया