भोलानाथ सुब्बाको जिबनि र ईतिहासबारे अनभिज्ञ : राष्ट्रिय सभा सदस्य प्याकुरेल, सप्तरीको कञ्चनपुर सहित बिभिन्न ठाउँमा भब्यताको साथ माघि महोत्सव मनाईयो ।

  • माघ २, २0७७
  • 0
...

राजकुमार साह

सप्तरी , माघ १ गते । राष्टिय सभाका सदस्य सुमनराज्य प्याकुरले भोलानाथ सूब्बाको बलिदानी , कर्मठता र योगदान बारे आफू जनकार नभएको वताएका छन् । थारु समाज बरमझिया सुब्वाटोल सप्तरी द्धारा बिहिवार आयोजित माघे संक्रान्तिको दास्रो बार्षीक उत्सव समाहरोलाई शुभ कामना दिदै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै राष्टिय सभा सदस्य प्याकुरेलले सुब्बाटोलको नाम भोलानाथ सुब्बाको ईतिहास संग जुडेको छ , भनेबारे आज मात्र बुझन पाएको छु ।

सुब्बाको धरोहरको रुपमा रहेको पोखरीलाई जिर्ण अबस्थाबाट बचाउन र पोखरीको सौन्दरीकरण गर्न आफू लगायत स्थानीय तह कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रलाई सहित सहयोग गर्न आग्रह गरेको छ । साथै आदिवासी जनजाती ,थारुहरुको महान पर्व माघे संक्रान्ति नयाँ बर्षको रुपमा मनाउने गरेका छन । उनले भने थारुहरुको संस्कृति ,मौलिकता ,धर्ति पुत्रको रुपमा रहेकोछ । माघे संक्रान्तिको दिनबाट गरम गरम परिकार ,चिजहरु खाएर जाडोलाई बिदाई गर्नुको साथै गर्र्मीको आगमन हुने गरेको बताए ।

जनता समाजवादी पार्टी क्षेत्र नं. १ (क) का क्षेत्रिय संयोजक माधब चौधरीले थारु संस्कृति सबैको पहचान यहीहो थारु महान सहितको नाराबाट कार्यक्रममा सम्बोधन गरेको थियो । उनले भने थारुहरु माघे संक्रान्ति मनाई रहदा आज बि. स. २६४४ पनि मनाउँदै गरि रहेको छ ।

उक्त कार्यक्रममा चौधरीले शुभकामनाको साथै थारुको ईतिहासबारे प्रस्ट पारेका थिए । महेश्वर चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा थारु भाषाको गित ,नृत्य , झाँकी प्रस्तुत हुनुको साथै मौलिक पहचान ,संस्कृति मा अधारीत नाटक स्थानीय र जिल्ला बाहिरका थारु कलाकारहरुले कला प्रदर्शन गरेको छ । यसैगरी आयोजित कार्यक्रममा थारु सभाकी अध्यक्ष हरी देवी चौधरी , सदस्य भगबती चौधरी , कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र , तिरुहुत गाउँ पालिकाका अध्यक्ष हेमन्त बहरखेरले शुभ कामन मन्तव्य दिएको थियो । भने, स्वागत मन्तव्य सुदर्शन चौधरीले गरेको थियो ।

यसैगरि कञ्चपुरको कविलाशामा सरदार समुदायद्धारा गेढ सिंह बाबा मंन्दिरमा कुल देवताको पूजा गरि चौथो माघे संक्रान्ति मनाएको छ । माघे संक्रान्तिको उत्सवमा सरदार समुदायले मेलाको आयोजना गरेको थियो । उक्त मेलाको उदघाटन प्रदेश नं.२ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले गरेको थियो । साहले मधेश संस्कृतिको जननी भएको बताएका हुन, साथै पुरातनकाल देखिनै मधेशी समुदायले मनाउदै आइरहेको त्योहार नै सवैभन्दा पुरानो भएको बताउदै सोको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताएका छन् ।
 

प्रतिक्रिया