राजकुमार साह
कञ्चनपुर, माघ २ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले केहि दिन देखि प्रत्येक वडामा एक सयको दरले विपन्न समुदायको लागी १२ सय सिरक बितरण कार्य गरेको छ । तर वडा नं. २ ,९ र ११ ले अहिले सम्म सिरक वितरण गरेको छैन् ।
वडा भित्रका मुसहर समुदाय र विपन असहायहरु शितलहरमा पराल (घुर) बालेर जिवन बिताउन बाध्य छन् । वडा नं. २ का वडा अध्यक्ष मेहदी हुसैनका अनुसार वडाको सम्पूर्ण सदस्य बैठक बसेर चाडै सिरक वितरण कार्य गर्ने वताए । त्यसै गरी वडा नं. ९का वडा अध्यक्ष लक्ष्मण यादवको अनुसार वाडमा सय भन्दा बढि विपन्नको संख्या भएकोले कसलाई दिन र कसलाई नदिने समस्याको कारणले वितरण गरिएको छैन । उनले भने नगरपालिकासंग थप सिरक मांग गरेको छु, नपाले थपसिरक दिएलगतै हामी वितरण गर्नेछौ ।
यसै गरी वडा नं. ११ को वडा अध्यक्ष जिब्रिल मियाँका अनुसार कार्य ब्यस्तताको कारण सिरक वितरण गर्न सकिएको छैन । उनेले भने अगामि हप्तामा वितरणकार्य सुरु गरिने छ । जवकि केहि दिनदेखि तराई लगायत मुलुक भर चिसो, सितलहर लगातार बढीरहेको छ । तर वडा अध्यक्षहरुको अक्रमन्यताले विपन्न समुदाय र मुसहर समुदायले चिसोमा जिवन बिताउन बाध्य भएका छन् । वडा नं. २ का नथुनि सदाको अनुसार हामी मुसहर समुदायलाइ सब भन्दा बदी समस्या जाडो महिनामा हुने गर्छ ।
न्यानो कपडा नभएकोले आफू लगाएत बच्चाहरु सहित चिसोमा जिबन विताउन पर्ने बाध्यता छ ।उनले भने वडामा गएर भन्दा कसैले हाम्रो कुरो सुनिदिदैन , उल्टै जनप्रतिनिधिले हप्काएर पठाई दिन्छ । सम्बनधीत निकायका जिम्मेबार पक्षहरु यी समुदायका समस्याबाट बेखबर जस्तै छ । हरेक बर्ष जस्तै यो बर्ष पनि तराईमा केही दिनदेखी लगातार चिसो बढिरहेको छ ।
कञ्चनरुप नगरपालिका भित्रका अधिकांश मुसहर समुदाय र विपन असहायहरु हरेक बर्ष जस्तै यो बर्ष पनि चिसोबाट बच्नको लागि न्यानो लुगा नभएकोले पराल,रुखको पात लगाएतका बस्तुहरु बालेर चिसोबाट बचन बैक्लपिक उपाय अपनाउँदै आएको छ। कञ्चनरुप नगरपालिकाका नगर प्रमुखको अनुसार प्रत्येक वडामा एक सयको दरले विपन्न समुदाय लगायत मुसहर समुदायको लागि सिरक वितरण भए पनि केहिदिन देखी चिसो बढेकोले सार्वजनिक ठाउँ लगायत केहि ठाउँमा दाउराको ब्यवस्था गरी चाडै वितरण गरीने वताए ।
प्रतिक्रिया