कञ्चनपुर,माघ ३ गते । नेपाली काग्रेसको क्षेत्र नम्बर १का सह–सभापति ललन प्रसाद गुप्ताले कञ्चनरुप नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको भाषण गरेपनि व्यवहारमा केही सुधार नभएको आरोप लगाएका छन् ।
केपि ओली सरकारको असंबैधानिक कदमको बिरूद्व नेपाली कांग्रेसद्वारा शनिवार ७५३ गाउँ तथा नगरपालिकामा आन्दोलन गर्ने कार्यक्रम अन्तर्गत कंचनरुप नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समिति द्वारा आयोजित सभालाई सम्बोधन गर्दै सह–सभापति गुप्ताले सो कुरा बताएका हुन् ।
बख्राले खाएको बाली र कम्युनिष्टले चलाएको देश कहिले उभो लाग्दैन भन्ने उखान जस्तै कञ्चनरुप नगरपालिकाका प्रमुखले सबै ठाउँमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको दावी गरेपनि अहिलेसम्म नगर शिक्षा समिति समेत बनाउन सकेको छैन । गुप्ताले भने,‘ जुन नगरपालिका शिक्षा समिति नै गठन भएको छैन,त्यस नगरपालिकामा शिक्षाको के विकास हुन्छ ?’ ‘ आन्दोलनको क्रममा तपाई हामी सबैले हे¥यौं,७७ जिल्लाको मुहान कञ्चनपुर बेरियर चौक लगायतका सडकमा जताततै फोहर छ । ’ गुप्ताले भने,‘जवसम्म फोहर उठ्दैनन्,स्वास्थ्य कसरी राम्रो बन्न सक्छ ?’
कोणसभामा काग्रेसका केन्द्रिय सदस्य हेमराज तातैड, डाक्टर सुबोध पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपा सरकारको सिफरिशमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काग्रेस पार्टीले सप्तरीको १८ वटै पालिका सहित देशव्यापी प्रदर्शन गरेको छ । कञ्चनरुप नगरपालिकामा नगर सभापति बोधराज पोखरेलको अध्यक्षतामा कञ्चनपुर हटिया देखि सुरु भएर बेरियरमा कोणसभामा परिणत भएका थियो ।
प्रतिक्रिया