जब जुम्ला कारागारका कैदीले डिआइजीसँग किताब मागे

  • चैत्र २४, २0७५
  • 0
...

डिआइजी महेशविक्रम शाह जुम्ला कारागार निरीक्षणमा गएका बेला एक कैदीले भने, 'सर, मलाई किताब पढ्ने मन छ, तर यहाँ पाइन्न। केही  व्यवस्था हुन सक्दैन?'

डिआइजी शाह झल्याँस्स भए।

कारागारलाई सुधारगृह बनाउनुपर्छ भनेर सबै भन्छन्। पढ्ने-लेख्ने वातावरणै नभएपछि कसरी सुधारगृह हुन सक्छ?

जुम्लाका ती कैदीको प्रश्नले शाहलाई यति चिमोट्यो, उनी आफ्नो क्षेत्रका प्रत्येक कारागारमा पुस्तकालय स्थापना गर्न तम्सिए।

प्रतिक्रिया