काग्रेसले चुनावकै वेला जनतालाई कम्युनिष्ट सरकार आयो भने प्रजातन्त्र रहन दिदैन भनेको थियो ः पूर्व मन्त्री तातैड

  • माघ ४, २0७७
  • 0
...

कञ्चनपुर,माघ ३ गते । पूर्व वातावरण मन्त्री हेमराज तातैडले नेपाली काग्रेसले गएको चुनावकै वेला जनताकाबीच गएर कम्युनिष्ट सरकार आयो भने प्रजातन्त्र रहन दिदैन भनेको स्मरण गराएका छन् ।

केपि ओली सरकारको असंबैधानिक कदमको बिरूद्व नेपाली कांग्रेसले शनिबार ७५३ गाउँ तथा नगरपालिकामा आन्दोलन गर्ने कार्यक्रम अन्तर्गत कंचनरुप नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समिति द्वारा आयोजित सभालाई सम्बोधन गर्दै नेकाका केन्द्रिय सदस्य समेत रहेका तातैडले भने,‘ उनीहरु (कम्युनिष्ट) प्रजातन्त्रलाई मान्दैनन् ।

आज केपी ओलीले त्यो कुरा प्रमाणित गरेको छ ।’ ‘जनताले दुई तिहाई मत दिएपनि केपी शर्मा ओली अंसवैधानिक रुपमा देशलाई चुनावमा धक्लेको छ । एउटा चुनावमा २० अरव भन्दा बढी खर्च हुन्छ ।

जतनाको करलाई अविमूल्यन गरेको छ ।’ पूर्वमन्त्री तातैडले भने,‘अहिले चुनावमा जादा काग्रेसलाई फाइदा भएपनि केपी ओली सरकारले संविधान बिपरीत काम गरेकोले नेपाली काग्रेसले विरोधमा सडकमा छ।’ केपीओलीको गैर संवैधानिक कदमलाई अहिले विरोध गरिएनभने प्रदेश सभा लागयत सबै संचरना भङ्ग गर्न सक्ने भएकोले नेपाली काग्रेस सडकमा उत्रिनु परेको पूर्वमन्त्री तातैडले दावी गरे । दोस्रो संविधानसभा सदस्य डाक्टर सुबोध पोखरेलले अहिलेको समयमा विपक्षीभन्दा बढी दायित्व नेपाली काग्रेसको काँधमा आएको बताए । ‘ अहिलेको संविधान नेपाली काग्रेसकै प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वमा जारी भएकोले पनि संविधानलाई जोगाउन काग्रेसको भूमिका बढी छ ।’

केपी ओली बाहिरबाट देख्दा मात्रै राष्टवादी देखिएपनि भित्रबाटै पूर्णरुपमा राष्ट्रघाती हो ।’ डाक्टर पोखरेलले भने,‘ केपी ओलीको राष्ट्रघाती कदमले मुलुकमा शंकट फसेको छ ।’ संविधान सभा सदस्य मुन्नी गुप्ताले पनि प्रधानमन्त्री केपी ओलीको तानाशाही शासन जनताले सडकबाट खारेज गर्ने बताए । उनले भनिन्,‘ केपी ओलीको तानाशाही शासन अव चल्दैन,जनता सडकमा आइसकेको छ ।’

कञ्चनरुप नगरपालिका उप–प्रमुख निरु पोखरेलले संविधानमा गणतन्त्र,संघियता र धर्म निरपेक्षता जोगाउन नेपाली काग्रेस सडकमा आएको बताइन ।’‘नेपाली काग्रसले २००७ सालमा जस्तै अहिले संविधानको रक्षाका अग्रणी भूमिका खेलेको थियो,त्यो अहिले फेरी खेल्नु पर्छ ।’

उप–प्रमुख पोखरेलले भनिन,‘ हामी एक जुट भएर केपी ओली सकारको विरोधमा नारा लगाउनु पर्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपा सरकारको सिफरिशमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काग्रेस पार्टीले सप्तरीको १८ वटै पालिका सहित देशव्यापी प्रदर्शन गरेको छ । कञ्चनरुप नगरपालिकामा नगर सभापति बोधराज पोखरेलको अध्यक्षतामा कञ्चनपुर हटिया देखि सुरु भएर बेरियरमा कोणसभामा परिणत भएका थियो ।

प्रतिक्रिया