जहाँ लोकतन्त्र छैन,त्यहाँ मिडियाको भूमिका कमजोर : मुख्यमन्त्री राउत

  • माघ ४, २0७७
  • 0
...

कञ्चनपुर,माघ ४ गते । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले जहाँ लोकतन्त्र छैन,त्यहाँ मिडियाको भूमिका कमजोर हुने बताएका छन् ।शनिबार तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला कोशी किनारमा नेपाल पत्रकार महासंघ सप्तरीको १०औं वार्षिक साधारणसभामा प्रमुख अथितिको रुपमा बोल्दै प्रदेश २ मुख्यमन्त्रीले सो कुरा बताएका हुन । उनले भने,‘मिडियाको भूमिका बढी हुन्छ,त्यहाँ लोकतन्त्र सुरक्षित हुन्छ । पत्रकारको भूमिका कारण पनि लोकतन्त्र,संघियता  र गणतन्त्र स्थापित   छ ।’ 

‘संघियता बिना उत्पीडित समुदायको मुक्ति हुन सक्दैन । ’ मुख्यमन्त्री राउतले भने,‘गणतन्त्रको कल्पना गर्ने रामराजा प्रसाद सिंहको जन्मभूमिमा महाँसंघले कार्यक्रम गर्नु सकारात्मक छ ।’ राणाका विरुद्ध पनि हनुमाननगरमा जेलब्रेक गरेर भारतीय स्वतन्त्रता संग्रामीहरुलाई मुक्त गरेको ऐतिहासिक भूमि रहेको राउतले  बताए ।    

‘अहिले वर्तमान नेपालको अवस्था गणतन्त्र,समावेशिता र मौलिक हक धरापमा परेको छ । संविधानको अस्तित्वको विषयमा प्रश्न उठ्दैछ । मुलुक समृद्धितर्फ लाग्नु पर्ने अब के हुन्छ ? भन्नेमा केन्द्रितछ यस्तो समयमा मिडियाको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री राउतले बताए । अहिलेको अवस्थामा १८ औं शताब्दीको जस्तो कुनैपनि तानशाह वा व्यक्तिले आफनो स्वार्थका कारण गणतन्त्र,संघियता वा धर्म निरपेक्षता खोस्न खोज्यो भने अव जनताले   छोडदैन ।

संविधानको महत्वपूर्ण उपलब्धी हजारौं जनताको बलीदानीबाट स्थापित भएको र सो कार्यमा पत्रकार लगायत सबै सरोकारवालाको अहम भूमिका रहेको उनले बताए ।‘यो संविधानले परिकल्पना गरेको छ कि सरकार बन्न सक्ने अवस्थामा प्रतिनिधिसभाको विघटनको गर्ने व्यवस्था गरेको छैन । बिपी कोइरालापछि कम्युनिष्ट सरकारलाई झण्डै दुई तिहाई बहुमत दिएपनि आन्तरीक बिबादको कारण मुलुकलाई बर्बादीतर्पm धकेलिएको छ ।’ मुख्यमन्त्री राउतले संविधान मस्यौदा समितिको सदस्य भएकोले विगतमा कुनै पनि प्रधानमन्त्रीले पुरा कार्यकाल पुरा नगरेकोले व्यापक छलफल गरेर त्यस्तो व्यवस्था गरिएको भएपनि अहिले संविधान विपरीत काम प्रधानमन्त्रीले गरेको छ ।

संविधानको धारा उपधारामा मधेशी समुदायको विरोध रहेपनि संविधानमा नै संघियता,समावेशतिा र धर्मनिरपेक्षता लगायतका सकारात्मक मुद्दा समेत लेखिएकोले यो संविधानलाई बचाउने पक्षमा जसपाले आन्दोलन गरिरहेको मुख्यमन्त्री राउतले बताए ।  
नदि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने  समाजिक मन्त्री साहको भनाई

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा वर्षेनि हजारौं विगाहा जमिन नदिहरु नियन्त्रण नहुदा नाश हुने गरेको वताउदै यसका नियन्त्रणतर्फ ध्यान दिनुपर्ने  वताए । महासंघ अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता र प्रदेश २ का मुख्य मन्त्री मो. लालवावु राउतको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह ,भुमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह,प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायत, सप्तरी जिल्लाका स्थानिय तहको मेयर, उपमेयर, अध्यक्षहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया