कञ्चनपुर,माघ ४ गते । स्केच नेपाल कञ्चनरुप–८,सप्तरीले गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन गरि वितरण गरेको छ । कञ्चनरुप नगरपालिका–७ सितापुरमा विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडाहरू वितरण गरिएको छ । त्यस्तै दिवंगत ससुराको स्मृतिमा स्थानीय समाजसेवी तथा ब्यापारी घनश्याम रौनियारले कृष्ण विद्युत हार्डवेयर कंचनरुप नगरपालिका–८अति विपन्न अपाङ्ग परिवारलाई सहयोग गरेको छ ।
कञ्चनरुप नगरपालिका, धरमपुर (सिमरा) निवासी गणेशी साहको परिवारलाई सिरकहरु, न्यानो लुगा, खाद्यान्न, सावुन,तरकारी, चाउ चाउ, बिस्कुट लगायत सामाग्री प्रदान गरिएको स्केच नेपालका अध्यक्ष सन्दीप गुप्ताले बताए ।
अध्यक्ष गुप्ताका अनुसार गणेशी साहका सबै ३ जना छोरी र एक जना नातिनी अपाङ्ग छन् । यसअघि स्केच नेपालले कञ्चनरुप नगरपालिका–६ स्थित मुसहर र चमार बस्तीका एक सयभन्दा बढीलाई न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष संदीप गुप्ताले बताए । २ सात अघि स्केच नेपालले गरिब तथा विपन्न हरुलाई जाडो बाट बच्नका निम्ति न्यानो लुगा संकलन तथा वितरण अभियानको सुरुवात गरेको थियो । स्केच नेपालले अहिलेसम्म विभिन्न चरण गरी कंचनरुप नगरपालिका भित्र रहेका दुई सयभन्दा भन्दा बढी गरिब, विपन्न तथा दलितहरुलाई न्यानो लुगा वितरण गरेको छ । पछिल्लो एक सातादेखी मधेशमा चिसो बढेको छ । चिसोले विपन्न नागरिकको जनजीवन प्रभावित बनेको छ ।
स्थानीय व्यापारी तथा समाजसेवी मो. नेसार, नवजिवन साह, मुनिन्द्र साह, मुकेश गुप्ता, निरज रौनियार, लगायतले वितरणका लागि विभिन्न किसिमका न्यानो लुगाहरु उपलब्ध गराएका छन् ।
अध्यक्ष गुप्ताका अनुसार स्थानीयले राम्रो अवस्थामा रहेका पुराना जाडोको लुगाहरु समेत उपलब्ध गराएका छन् । अध्यक्ष गुप्ताले कार्यक्रम माघको पहिलो साता सम्म संचालन मा रहने र सबैलाई सहयोगका निम्ति अपिल गरेका छन् ।
प्रतिक्रिया