कञ्चनपुर,माघ ४ गते । सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राईस मिल स्थित पुर्ब पश्चिम लोक राजमार्गमा टयाक्टरले सुमोलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको छ ।
पश्चिम बाट पुर्ब तर्फ जादै गरेको स १ त २५१२ न.को ट्याक्टर सोही स्थानमा रोकी राखेको अवस्थामा सोही दिशाबाट जादै गरेको मे १ज २४५२ नं.को सुमोले आईतबार विहान करिब ३.३० बजे ठक्कर दिँदा सुमोमा सबार एक जनाको मृत्यु भएको हो । सुमोको पछाडी सवार जिल्ला झापा शिवसतासी नगरपालिका–११ डुरामणी बस्ने मान प्रसाद लिम्बुको छोरा २५ बर्षिया रुपेश लिम्बुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले जनाएको छ । लिम्बु सक्त घाईते भई उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता साहले बताए ।
सुमो चालक पाँचथर फिदिम नगरपालिका ३ बस्ने ३४ बर्षिया टेक बहादुर दर्जी,सुमो पछाडी सवार झापा गौराद नगरपालिका ४ का ३६बर्षिया जित बहादुर श्रेष्ठको दाँहिने हात भाँचिएको छ । घाईते दुवै जनाको उपचारको लागी छिन्नमस्ता अस्पताल राजबिराजमा भइरहेको प्रहरीले जनाएको छ । टयाकटर र ट्याकटर चालक तथा सुमो प्रहरी नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया