राजकुमार साह
क्ञ्चनपुर,माघ ४ गते । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा मिडया काउन्सिल र संचार प्रबिधि ऐन ल्याएर पत्रकारिता क्षेत्रलाई संस्थागत गर्ने बताएका छन् ।
शनिबार तिलाठी कोइलाडी गाउँपालिका – ५ बनरझुला कोशी किनारमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको १० औं वार्षिक साधारणसभामा प्रमुख अथितिको रुपमा बोल्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन । उनले भने , प्रदेश सरकारले सबै क्षेत्रमा ध्यान दिएपनि संचार क्षेत्रलाई ब्यवस्थापन गर्नमा कमी भएको छ । अब आउने दिनमा पत्रकारिता क्षेत्रलाई संस्थागत गर्न प्रदेश सरकारले संचार क्षेत्र संग सहकार्य गरेर ब्यवस्थापन गछौं ।’
मुख्यमन्त्री राउतले बेटी बचाउ बेटी पढाऊ कार्यक्रम गत साउनदेखि बन्द भएकोले पुनः संचालन गर्नको लागी बैंकहरुसंग सहकार्य भइरहेको बताए । ‘कर्मचारी तन्त्रको कारणले उक्त कार्यक्रम संचालनमा कठिनाई भएको बताउँदै मुख्यमन्त्री राउतले भने,बैंकसंग सहकार्यहुन सकेन भने स्थानीयतहहरुसंग बैठक बसेर छलफल गरी पालिका संग सहकार्य गरेर अगामी दिनमा चाडै सो कार्यक्रम संचालमा ल्याउँछौं ।’ प्रदेश सरकारले आठ कक्षा सम्मका छात्राहरुलाई अउने महिनाबाट ३० हजार साईकल गाउँ गाउँमा पु¥र्याउने योजना रहेको छ । मुख्यमन्त्री राउतका अनुसार कक्षा ११ र १२ का छात्राको लागी २ हजार ल्यापटप वितरण गर्ने बताए ।
महिलाको हकमा प्रदेश सरकारले ऐन बनाएर ५० प्रतिश्त महिलाको आरक्षण अनिवार्य सहभागिता हुने गरी सुनिश्च गरिएको छ । साथै प्रदेशको प्रहरी ऐन अनुसार भर्नाको सबै तहमा महिलाको आरक्षणको व्यवस्था गरिएको छ । मुख्यमन्त्री राउतले भने,‘अहिले ८ जिल्लाहरुमा ४ ठाउमा लोक सेवा तयारीको कक्षा संचाल भईरहेको छ । दलित छात्राहरुको लागी प्रविधिक शिक्षा अन्र्तगात ईन्जीनयरीङ ,एग्रिकल्चर र नर्सिङ्ग तिर पढनको लागी प्रदेश सरकारको कार्यक्रम रहेको छ ।’ उनले भने, हाम्रो बुझाई सुरुदेखिनै प्रदेशमा अधिकांश जनसंख्या दलित र मुश्लिमको छ । प्रदेशको जनसंख्यिामा झण्डै आधि जनसंख्यिा महिलाको छ , जब सम्म यी उत्पीडनमा परेकाहरुको समाजिक रुपान्तरण , आर्थिक रुपान्तरण हुदैन तब सम्म समृद्घि र विकासको कुरा गर्नु नरामा मात्र सिमित रहन्छ । त्यसैले प्रदेश सरकार उत्पीडनमा परेका १८ प्रतिश्त दलित , १२ प्रतिश्त मुश्लिम र आधि जनसंख्यिा भएका महिलाको क्षमता विकास , समाजिक रुपान्तर्ण सहितको प्रदेश सरकारले कार्यक्रम ल्याउँदैछ ।’
मुख्यमन्त्री राउतले भने,‘प्रदेश नं. २ ले दलित शक्तिकरण ऐन ल्याएकोछ । दलित विकास गठन गरेर दलितको समस्या समाधन लगायत तिनीहरुको छोरा ,छोरीको पढाइ सुनिश्चताको साथै समाजिक भेदभाव हटाउनको लागी के गर्नु पर्छ त्यसको लागी प्रदेश सरकार दलितसंग सहकार्य गरेर अगाडी बढदैछ ।’
प्रतिक्रिया