कञ्चनपुर, माघ ५ गते । सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक जना १६ बर्षिया किशोरीको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षिया अमैया धामीको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । एउटै परिवारमा एचआइभी एड्सबाट मर्ने अमैया तेस्रो व्यक्ति हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार बि.स. २०६८ बैशाख १ गते एचाआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो ।
एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले उनलई दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौं वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । मृतक अमैयाका १२ वर्षीय भाईसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधी खाने गरेको पारिवारीक श्रोतले जनाएको छ ।
प्रतिक्रिया