कञ्चनपुर, माघ ५ गते ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही टोलमा आगलागी हुदा चार वटा घर पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट खाद्यन्न,लताकपडा,नगद जिन्सी र भडाकुडा गरि करिब रु २० लाख मुल्य भन्दा बढीको क्षति भएको छ ।
आईतबार राति जगन सुतिहारको गाइगोठबाट सुरु भएको आगलागीमा परि निजको एउटा घर,छिमेकी नारायण सुतिहारको एउटा,दुर्गानन्द सुतिहारको एउटा र सुमित मगरदैताको समेत एउटा गरि चार वटा घर जलेर नष्ट भएको वडा अध्यक्ष संतोष गोइत यादवले जानकारी दिएका छन् ।
राती खाना खाएर सुतेको बेला अचानक सल्केको आगोले गाईगोठ सहित चार वटा घर जलेर नष्ट भएको पिडित परिवारले जनाएको छ । आगोलाई स्थानियबासी,हनुमाननगरबाट गएका बरुणयन्त्र तथा सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले अगोलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया