राजकुमार साह
राजविराज,माघ ७ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले केपी ओलीको चिन्तन र सोचमा अंहकार भरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरर्गत बुधबार राजविराजमा आयोजित विरोधसभामा अध्यक्ष यादबले सोकुरा बताएका हुन् । ‘ मैले जे गरेपनि हुनछ भन्ने दम्भ भरेको छ । ’
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादबले भने, ‘ जनताको विरुद्धमा जाने नेपालमा बढे बढे राजा महराजा आए र गए, संविधानका विरुद्ध जाने केपी ओली कुन खेतको मुली हो ।’ प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ता र शक्तिबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।
सम्मानिय अदालतबाट अंसवैधानिक र गैरकानूनी कार्यको विरुद्धमा फैसला आउनेमा हामी ढुक्क छौं ।’ अध्यक्ष यादबले लोकतन्त्रको पक्षमा पैmसला नआए सबभन्दा ठूलो अदालत जनताको हो,जनताले पैmसला गर्छ ।’ ओलीका कारण देश तहशनहश भएको बताउँदै अध्यक्ष यादबले विश्वमा शक्तिशाली अमेरिकाको राष्ट्रपति लोकतन्त्रको विरुद्धमा जादा कार्यकालको अन्तिम समयमा समेत महाअभियोग लागेको स्मरण गराउँदै नेपालको सन्दर्भमा पनि प्रधानमन्त्री केपी ओलीलाई त्यो हुन सक्छ । लोकतन्त्रमा त्यो सम्भव छ ।’
‘नेपाली काग्रेसका मुख्य नेतृत्व भूमिका विहीन छ । नेपाली काग्रेसको जनता माझ छैन । आज लोकतन्त्रको अपहरण भएको छ तर नेपाली काग्रेसको नेता २,४ वटा संवैधानिक निकायको नियुक्तिमा फसेको छ ।’ संसद भंग भएपछि सरकार काम चलाउ हुन्छ । चुनावी सरकार हुन्छ । तर केपी ओली मन्त्रिपरिषदको विस्तार गरेर कानून उल्घन गरेको छ । ‘अव काग्रेसको काम छैन, अव लोकतन्त्रको जिम्मा मधेशी,मुश्लिम,दलित आदीवासी लगायत सबै उत्पीडितको समुदायको अधिकार र मुक्तिको लागि जसपा लड्न तयार छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेतृत्वमा अव जसपालले गर्छ ।’ अध्यक्ष यादबले भने,‘काण्डै काण्डले चर्चित केपी ओली सरकारको अन्त्यको बेला आइसक्यो ।’
काम चलाउ सरकारका विदेश मन्त्री भारतमा गएर धनुषटकार मुद्रामा नमस्कार गरेर देशको शिर झुकाएको छ ।’ अध्यक्ष यादबले भने,‘ यसअघिको चुनावमा पहाडमा गएर मधेशी विरोधी नारा दिएर ओलीले भोट लिन सफल भए तर अहिले केपी ओलीको राष्ट्रवाद नाङ्गो भइसकेको छ ।’ ‘सरकारले मधेशका उखु किसानहरुलाई ५ वर्षदेखी भुक्तानी दिलाउन सकेको छैन ।’ अध्यक्ष यादबले भने,भारतीय सिमा बन्द छ, भारतीय पक्षले सिमा खोलेपनि नेपाल पक्षले सिमा बन्द गरेर जनतालाई दुःख दिइरहेको छ । अव सबै लोकतान्त्रिक शक्तिहरु एक जुट भएर सर्घष गर्नु पर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम राजविराजमा रंगशालामा विरोधसभा सुरु भएको हो । उक्त विरोधसभामा दस हजार बढी जनता सदरमुकाममा उतारेको छ । जसपा नेता तथा कार्यकर्ताहरु स्थानीय तहको वडा स्तरसम्म छलपफल गरेर हजारौंको संख्यामा कार्यकर्ता सडकमा आएको थियो । विरोधसभालाई सम्बोधन गर्न पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बैइमान केपी ओली संविधानको बिरोधी मात्रै नभएर सोझा सिधा मधेशी,थारु,मुश्लिमको हत्यारा समेत भएको बताए ।
‘संघियताका र गणतन्त्रको रक्षाको लागि जसपा सडकमा आएको बताउँदै महतोले केपी ओली प्रतिगमनकारी मात्रै होइन महाप्रतिगमनकारी हो । ’ वरिष्ठ नेता महतोले भने,‘ संविधान निमार्णकै बेला मधेशीको अधिकार कटौती गरेर प्रतिगमन गरेको केपी ओली गएको पुष ५ गते प्रतिनिधिसभा भङ्ग गरेर महाप्रतिगमन गरेको छ ।’ माओवादीले जातिय राज्यको नारा दिएर १७ हजारको ज्यान लिएपनि पहिचान सहित सबै मुद्धा बिर्सजन गरेको आरोप लगाउँदै महतोले जातिय नश्लवादमा माओवादी नेता प्रचण्ड फसेर सबै मुद्दा छोडेको बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आजको प्रर्दशनले सप्तरीका जनता प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक कदमको विरुद्धमा रहेको पुष्टि गरेको बताए । प्रधानमन्त्री केपी ओलीले प्राप्त उपलब्धीलाई समाप्त पार्न लागि परेको बताउँदै मन्त्रि साहले संविधान अपुरो भएपनि प्राप्त उपलब्धीलाई बचाउँदै थप अधिकारका लागि लड्नु पर्ने बताए ।
प्रदेशसभा सदस्य मनिष सुमनले जनताको करबाट तलब खाने राष्ट्रपति नेकपाका एउटा गुटको काम गरिरहेको आरोप लगाए । उनले भने,‘ नेकपाकाको केपीओली समूहले गरिरहेको पार्टी प्रशिक्षणमा कालो माक्स,टोपी,ज्याकेट लगाएरको छ कि छैन भनी चेक गर्दा समेत मधेशी कार्यकर्ताहरु अपमान सहेर बसेको देख्दा दयाँ लागेर आएको छ ।’ जसपाका कार्यकारी सदस्य रेणु यादबले कानूनका् नाममा मधेशी जनतालाई एक बोरा मल ल्याउन दिइएको छैन । तर प्रधानमन्त्री संविधान र कानून विपरीत कुर्सी बचाउन जे मन त्यही गरिरहेको छ । प्रधानमन्त्रीलाई जे पायो त्यही गर्ने छुट छैन ।’
जसपाका अध्यक्ष रामप्रित यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष केदार यादबले स्वागत गरेका थिए ।
प्रतिक्रिया