तस्बिरमा हेर्नुस्, नेवार समुदायले यसरी मनाए पाहाँच:ह्रे पर्व

  • चैत्र २४, २0७५
  • 0
...

नेवार समुदायले पाहाँच:ह्रे पर्व मनाएका छन्।

शनिबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो पर्व मनाइएको हो।

"पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य :)को विशेष पुजाआराधना गरी मनाइन्छ। किम्वदन्ती अनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरु अजिमा दिदीबहिनीभन्दा निक्कै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छन्। त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गइ रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याक्न जाँदा एक्कासी त्यो फर्सी सुनमा परिणत हुन्छ। त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन।

प्रतिक्रिया