कञ्चनपुर,माघ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली समूहले राजविराजमा आज गर्न लागिएको मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम बिथोल्न सक्ने भन्दै प्रहरीले सप्तरीबाट प्रचण्ड–माधव समुहको नेकपाका ९ जना कार्यकर्तालाई बिहीवार पक्राउ गरेका छन ।
सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओली समुहका नेता महेश बस्नेतको नेतृत्वमा सप्तरीमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम गरिदैंछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गर्न लागेको मोटरसाइकल ¥यालि बिथोल्ने आशंकामा ९ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलालले जानकारी दिएका छन् । उक्त कार्यक्रमलाई बिथोल्ने योजना बनाएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको प्रहरी उपरिक्षक धमलाले बताए ।
प्रचण्ड–माधव समूहका नेता महेश यादवले असंवैधानिक कदमको बिरुद्वमा नारा जुलुस लगाएकै भरमा पक्राउ गर्नु तानाशाही भएको बताए । नेता यादबका अनुसार प्रहरीले नेकपा प्रचण्ड माधव समूहका जिल्ला सदस्य मुकेश कुमार यादब,राजु जसवाल,छोटु यादब,बलराम यादब र राजविराज नगरपालिका–६का प्रेम यादब सहित ७ जनालाई पक्राउ गरिएको बताए । प्रदर्शन गर्ने क्रममा पक्राउ परेकालाई रिहा गर्न उहाँले माग समेत गरेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । महेश बस्नेत सप्तरी आएदेखी प्रहरीले विशेष सुरक्षा दिदैँ आएको छ ।
प्रतिक्रिया