कञ्चनपुर,माघ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज गर्न लागेको मोटरसाइकल ¥यालि र प्रशिक्षणको लागि दिने भनिएको जिल्ला समन्वय समितिको सभाहलमा कुनै पनि पक्षलाई नदिने बिहीबार सूचना जारी गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले राष्ट्रिय युवा संघ नेपाल सप्तरी र नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम गर्न नदिइने जानकारी गराएका छन् । जिससका प्रमुख प्रभाकरले युवा भेला अन्तक्रिया कार्यक्रमको सन्दर्भमा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम दुवै पक्षबाट बिबाद हुने सम्भावना देखिएको हुदा जिल्ला समनवय समितिको सभाहल कुनै पनि पक्षलाई नदिने सूचना जारी गरेको छ ।
उक्त सूचनाको बोधार्थ गृहमन्त्रालय,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी कार्यालय,नेपाल कम्युनिष्ट पार्टी(नकपा) जिल्ला संगठन सप्तरी र राष्ट्रि युवा संघ नेपाल सप्तरीलाई पठाइएको छ ।
प्रतिक्रिया