कञ्चनपुर,माघ ८ गते । सप्तरीमा बिहीबार तनावै तनावकाबीच पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले राजविराजस्थित रङ्गशालामा ‘वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम’को सम्पन्न गरेको छ ।
ओली पक्षका राष्ट्रिय युवा संघ नेपाल सप्तरीले आयोजना जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गर्ने तय भएको थियो । तर ओली कदमको विरोध गरिरहेका दाहाल–नेपाल पक्षका नौ जना युवा नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि राजविराज तनाव बढेको थियो । सभा राजविराज स्थित रंगशालामा भएको थियो । कार्यक्रममा संयौंका संख्याका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सभाका वरिपरि नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिएका थिए । कार्यक्रममा सहभागीहरु समेत भयभित देखिन्थे ।
प्रचण्ड–माधव समुहका ९ जना पक्राउपछि रिहा
प्रधानमन्त्री केपी शर्मा ओली समूहले राजविराजमा आज गर्न लागिएको मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम बिथोल्न सक्नदै भन्दै प्रहरीले सप्तरीबाट प्रचण्ड–माधव समुहको नेकपाका ९ जना कार्यकर्तालाई बिहीबार पक्राउ गरेका थिए । सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको थियो ।
प्रचण्ड–माधव समूहका नेता महेश यादवले अनुसार प्रहरीले नेकपा प्रचण्ड माधव समूहका छेदी रकज(विमल),विनोद यादब, जिल्ला सदस्य मुकेश कुमार यादब,राजु जसवाल,छोटु यादब,बलराम यादब र राजविराज नगरपालिका–६का प्रेम यादब सहित ९ जनालाई पक्राउ गरिएको बताए । प्रदर्शन गर्ने क्रममा पक्राउ परेकालाई रिहा गर्न उहाँले माग समेत गरेका छन् । पक्राउ परेका उनीहरुलाई कार्यक्रम सकिएपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वर प्रसाद साहले बताए ।
अन्तिम समयमा कार्यक्रम गर्ने सभाहल रद्द
झडप हुने सम्भावना बढेपछि जिल्ला समन्वय समितिले सभा हलमा नदिने सूचना जारी गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले राष्ट्रिय युवा संघ नेपाल सप्तरी र नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम गर्न नदिइने जानकारी गराएका छन् । जिससका प्रमुख प्रभाकरले युवा भेला अन्तक्रिया कार्यक्रमको सन्दर्भमा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम दुवै पक्षबाट बिबाद हुने सम्भावना देखिएकोले हुदा जिल्ला समनवय समितिको सभाहल कुनै पनि पक्षलाई नदिने सूचना जारी गरेको छ । उक्त सूचनाको बोधार्थ गृहमन्त्रालय,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी कार्यालय,नेपाल कम्युनिष्ट पार्टी(नकपा) जिल्ला संघठन सप्तरी र राष्ट्रि युवा संघ नेपाल सप्तरीलाई पठाइएको थियो ।
प्रतिक्रिया