मानिस काटनेहरुले ओलीको खुट्टा काटन नपाए पछि हुत्तिएर माइतीघर मण्डलामा पुग : महेश बस्नेत

  • माघ ९, २0७७
  • 0
...

कञ्चनपुर, माघ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले     मानिस काटनेहरुले ओलीको खुट्टा काटन नपाए पछि हुत्तिएर माइतीघर मण्डलामा पुगेको बताएका छन् ।

राजविराज रंगशालामा बिहीबार आयोजित युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले पद, कुर्सी र स्वार्थ पूर्तिका लागि पार्टीका केही नेताहरुले समृद्ध नेपालको अभियान चलाएका आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि बाध्यतावश संसद् विघटन गर्नुपरेको बताए । उनले भने,‘संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लोकतान्त्रिक विधी हो । जनताका बीच  जान नखोज्ने वा रोक्न खोज्नेहरु प्रतिगमनकारी हो ।’

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालमा कार्यकर्ता र जनतासँग भाग्ने, महाधिवेशन र निर्वाचनदेखि डराउने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाए । विभिन्न गाउँबाट आएको मोटरसाइकल ¥यालीसहितको प्रदर्शन पश्चात राजविराजमा आयोजित युवाहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म काम गर्न नदिएर दाहाल र नेपालले जनताले दिएको मतको अपमान गरेको बताए । 

भारतवेष्ठित मुलुकलाई भुपरिवेष्ठित बनाउने, पारवहन सन्धी गरेर हिन्द महासागरदेखि प्रशान्त महासागरसम्म व्यापारको पहुँच बढाउने, खोसिएको भूभाग फिर्ता ल्याउने, संविधान जारी गरी कार्यान्वयनमा ल्याउने, नाकाबन्दीको विरोध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने र विकासको गतीलाई तिब्रता दिने आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई असफल बनाई कुर्सी हत्याउने षडयन्त्र विफल भएको पौडेल दावी गरे ।

युवा नेता संजिबकुमार झाले षडयन्त्रबाट सत्ता प्राप्त नभए पछि सडकमा पुगेका प्रचण्ड र माधव नेपाललाई गुगलमा खोज्ने दिन नजिकिएको बताउनु भयो । ‘हामि यहाँ छौ’ भन्ने प्रचण्ड र माधव नेपाल निकट भविष्यमा ‘हामि कहाँ छौ ?’ भनेर देखा पर्ने भन्दै झाले उहाँहरुले विषयवस्तु नपाए पछि गालीगलौजमा उत्रिएको बताए । अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामाले ओलीको नेतृत्वमा पाँच वर्ष स्थायी सरकार बनाउने नारासहित निर्वाचनमा ओर्लेको प्रतिबद्धता विर्सेर दुई वर्षमै पार्टीभित्रबाट षडयन्त्र सुरु भएपछि संसद विघटनको अवस्था आएको बताए ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्यद्वय सुखराम यादव र जगदिश साह, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत लगायतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया