माबि बनरैत टोलद्धारा छात्रवृत्ति वितरण

  • माघ ९, २0७७
  • 0
...

 कञ्चनपुर,माघ ९ गते । कञ्चनरुप नगरपालिका–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलले शुक्रबार एक कार्यक्रमबीच छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयका प्रधानाध्यापक कृष्णा यादबको अध्यक्षतामा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले छात्रवृत्ति रकम शैक्षिक सामग्री खरीद गर्न लगाउन अभिभावकहरुलाई आग्रह गरे । 

कार्यक्रमका विशिक्ष्ट अथिति कञ्चनरुप नगरपालिका उप–प्रमुख निरु पोखरेलले शिक्षाले मानिसकलाई सही बाटोतर्फ डोराउने माध्यम भएकोले सबै अभिभावकहरुले आफना बालबालिकाहरुलाई घरमा पनि अध्यन गर्ने वातावरण बनाईदिनु पर्ने बताइन् ।

कञ्चनरुप नगरपालिकाका शिक्षा शाखाका संयोजक ललितनारायण यादबले पनि विद्यार्थी र अभिभावकलाई छात्रवृत्ति रकम शिक्षा क्षेत्रमा खर्च गर्न आग्रह गरे । उनले भने,‘ छात्रवृत्ति विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि दिएकोले अभिभावकहरुले नियमित रुपमा विद्यार्थी विद्यालय पठाउनु पर्छ ।’ कञ्चनरुप नगरपालिका वडा नम्बर ३का वडाअध्यक्ष सत्यनारायण साहले छात्रवृत्ति लिने बेला मात्रै नभई अरु समयमा समेत अभिभावक विद्यालय आउनु पर्ने र विद्यार्थीरुलाई नियमित विद्यालय पठाउनु पर्ने विचार व्यक्त गरे ।

विद्यालयका प्रअ कृष्णा यादबले कक्षा १ देखी १० सम्मका ३ सय ३७ जना विद्यार्थीका लागि एक लाख ५५ हजार रकम आएको जानकारी गराए । कक्षा १ देखी ८सम्मका दलित र छात्राका लागि ४ सय र कक्षा ९ र १०का विद्यार्थीका लागि ५ सयका दरले छात्रवृत्ति वितरण गरिएको प्रअ यादबले जनाए । कार्यक्रममा सहभागी अभिभावकहरुलाई शिक्षक विश्वनाथ खडगाले स्वागत गररेका थिए ।

प्रतिक्रिया