कञ्चनपुर,माघ १० गते । बालबोध माध्यमिक बिद्यालयका प्रिन्सिपल सुदम्बर यादवले बालबोध माबिले गुणस्तरीय शिक्षा दिनको लागि प्रतिबद्ध रहेको बताएका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित बालबोध माध्यमिक विद्यालयका कक्षा १२का बिद्यार्थीहरुले शनिबार कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा यादवले सो कुरा बताएका हुन । उनले भने, “हामीले बिद्यार्थीलाई सर्टिफिकेट मात्रै दिदैनौ व्यवहारीक र गुणस्तरीय शिक्षामा हाम्रो जोड छ ।” बालबोध माबिका प्रिन्सिपल सुदम्बर यादवको अध्यक्षतामा एक आयोजित कार्यक्रममा कक्षा १२ का बिद्यार्थीहरुले नयाँ सत्रका बिद्यार्थीहरुलाई अबिर लगाई डटपेन दिएर सबै बिद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई कक्षा १२का बिद्यार्थी प्रदिप तमाङ्गले स्वागत गरेको थियो । कक्षा १२ का बिधार्थिबाट अंजली कटवाल ,अंजली कुमारी चौधरी , नेहा कुमारी र इशा कुमारी चौधरी लगाएतले बिद्यालयको ब्यवस्थापन , शिक्षाको गुणस्तर र शिक्षकहरुको शिक्षा प्रतिको महत्व बारे आफ्नो बिचार राखेका थिए ।
त्यस्तै कक्षा ११का सन्तोष कुमार , राहुल अलि , महजबी मंसुरी र पुनम सिंह लगाएतका बिद्यार्थीहरुले स्कुलको बारेमा सिनियरबिद्यार्थीहरुलाई मार्ग दर्शनलाई ध्यानमा राखेर अनुसासित साथ बालबोध स्कुलमा अध्ययन गर्ने प्रतिबधता जनाएका थिए । कार्यक्रममा माबिमा कार्यरत शिक्षक रमानन्द यादव, मो. अब्दुल्लाह र शिक्षक भुपेन्द्र प्रसाद यादवले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन कक्षा १२की प्रभा पौडेलले गरेका थिए ।
प्रतिक्रिया