कञ्चनपुर,माघ ११ गते । सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–२ बरमझियामा सडक दुर्घटनामा आईतवार दिउसो एक जना सक्त घाईते भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा. ५ ख ३६२५ नम्बरको हाइसको ठक्करबाट विपरीत दिशा तर्फ आउदैै गरेको साइकल यात्रीलाई आईतवार दिउसो करिब ३ : ४० बजे कञ्चनरुप नगरपालिका–२का ५० बर्षीय बेचन पंडित घाईते भएका हुन् । पंडितलाई टाउँ पछाडी , मुख र छातीमा गम्भिर चोट लागेर बेहोस भएको छ । ठक्कर दिने हाईस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पंडितलाई प्राथमिक उपचार धमेश्वर अस्पता पठाएका थिए । थप उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल पठाइएको धमेश्वर अस्पताका इन्चार्ज डा. दिलिप कर्णले बताए ।
प्रतिक्रिया