बिष्णुपुर,११ गते । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.७ स्थित बिष्णुपुर चौकमा आईतबार जनमत पार्टीको कार्यकर्ता भेलामा प्रहरीले दुई जना युवक निर्धात कुटपिट गरेको छ ।
सो जनमत पार्टी गाउँपालिका स्तरीय कार्यकर्ता भेलामा आएको महादेव राम र पुनित रामलाई विना कारण ईलाका प्रहरी कार्यालय बिष्णुपुरका कुटपिट गरेको अभिभावकले बताए । कुटपिटबाट घाईते भएका महादेवको कान,हातमा र पुनितको खुट्टामा चोट लागेको छ ।
सो कुटपिट बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिसपी भुवनेश्वर यादवले चेक जाँचको क्रममा सामान्य भनाभन भई हातपात भएको हो । स्थानीय ईलाका प्रहरी कार्यालय बिष्णुपुरलाई यो गल्ती नगर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया