सप्तरीमा अझै गुण्डाग्रदी शैलीमा टेन्डर हत्याउने क्रमजारी : २७ जनाले फारम लिए तर ३ जनाले मात्र बुझाए

  • माघ १३, २0७७
  • 0
...

कञ्चनपुर,माघ १२ गते । डिभिजन वन कार्यालय सप्तरीमा भवन निर्माण ठेक्काको टेन्डर बुझाउने क्रममा सोमबार दुई समूहबीच झडप भएको छ । 

सप्तरी जिल्लाको कंचनपुरमा सव डिभिजन वन कार्यालयको छ कोठे भवन निर्माणका लागी ४२ लाख बजेटको लागतमा टेन्डर आहवान गरिएको थियो । टेन्डर फारम डिभिजन वन कार्यालय राजविराजबाट २७ वटा फारम ठेकेदारहरुले खरिद गरेको थियो । तर तीन जनाको मात्रै फारम दर्ता गरिएको छ । भवन निर्माण गर्न टेन्डर अहवान गरेका डिभिजन वन कार्यालय सप्तरीले टेन्डर दर्ता गराउने क्रममा ठेकेदारहरुकै समुहले एक ठेकेदारलाई टेन्डर फारम दर्ता गर्न दिइएनन् ।

टेन्डर भर्न आएका लक्ष्मी निर्माण सेवा, खडक नगरपालिका –११ का ठेकेदार जिवछ साहले टेन्डर दर्ताका लागी सूचनामा तोकिएकै समयमा कार्यालय पुगेका थिए । कार्यालयको गेट अगाडी नै अन्य ठेकेन्दारहरुले साहलाई तछार पछार तथा हातपात गरी टेन्डर फारम समेत च्याति दिएको बताए । तछार पछार बाज्जुत १२ बजे नै कार्यालय भित्र जादाँ पनि कार्यालय प्रमुखले च्यादिएको फारम दर्ता गर्न मानेन्न् । फारम दर्ता गर्ने माघ १२ गते सोमबार दिउँसो १२ बजेसम्म समय रहेको थियो ।

आफ्नो–आफ्नो फार्मसहित पुगेका केही ठेकेदारहरु भित्र बुझाउन जाँदा दलबलसहित पहिलेदेखि नै ढोका छेकेर बसेका केही लठैतहरुले भित्रै पस्न नदिए पछि दुई गुटबिच झडप सुरु भएको थियो ।
फारम च्यातिएका कारण दर्ता नभएको डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए । २७ जना फारम लिएर गएपनि तीन वटा फारम मात्र दर्ता भएको कार्यालय प्रमुख झाले जानकारी दिए ।

प्रतिक्रिया