संयुक्त व्यापारी बचत तथा ऋण सहकारीको ७औं साधारण सभा सम्पन्न, चालु आवमा आफनै भवन निर्माण गर्ने

  • माघ १९, २0७७
  • 0
...

कञ्चनपुर,माघ १८ गते । संयुक्त व्यापारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८को ७औं साधारण सभा सम्पन्न भएको छ । 

शनिवार सम्पन्न सभाले संस्थाको आफ्नै कार्यालय भवन निर्माण गर्ने संस्थाका अध्यक्ष गजेन्द्र कुमार सिंह (बजरंग)ले बताए । संस्थाले गत आर्थिक बर्ष ०७६/०७७ मा १३ करोड ३३ लाख ३३ हजार २ सय ५७ रुपैयाको कारोबार गरेको आर्थिक प्रतिवेदन संस्थाका सचिव एवम लेखा समिति संयोजक चंदन कुमार गुप्ताले सभामा पेश गरेका थिए । 

गुप्ताका अनुसार संस्थाले ९ लाख २६ हजार ७सय ७५ रुपैया शुद्ध नाफा गरेको छ । सभामा संस्थाको उपाध्यक्ष अजय गुप्ता, संचालक समिति सदस्य संतोष कुमार साह लगायतले संस्थालाई थप बलियो बनाउन सबै जना मिलेर लाग्नु पर्ने बिचार व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष गजेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रम संचालन संस्थाका व्यवस्थापक बिद्यानन्द मण्डलले गरेका थिए । संस्थाले थप शेयस सदस्य बढाउने कार्ययोजना पारित गरेका छन । 

प्रतिक्रिया