कञ्चनरुप ९मा चालु आबको पूर्वाधार विकासको कामको प्रगति शून्य, गत बर्षको क्रमागत योजनाको काम सम्पन्न

  • माघ २0, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,माघ १९  गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ ले चालु आर्थिक वर्षको पूर्वाधार तर्फ कुनै काम सुरु गरेको छैन्  । गत आ.व.को विनयोजित रकम चालु आ.व.मा क्रमागत भएको रकम ४० लाखको माटो ग्राईभेल लगायतको  कार्य सम्पन भईसकेको वडा कार्यालयले जनाएको छ ।

चालु आवमा वडा नम्बर ९ मा पूर्वाधार विकास तर्फ ६८ लाख ९४ हजार १ सय ९२ रुपैया ३१ पैसा  बजेट विनयोजन गरिएको छ । तर चालु आर्थिक बर्षको ६ महिना बितिसक्दा पनि कुनै योजनाको काम सुरु समेत भएको छैन । वडा नम्बर ९का वडा अध्यक्ष लक्ष्मण यादवका अनुसार गत आर्थिक वर्षका क्रमागत विनयोजन  बजेट चालु आवमा सम्पन भईसकेको छ । गत आ.व. को योजनामा ५ लाखको माटो ग्राईभेल , २ लाखको राजाजी थान निर्माण , २ लाख ५० हजारको सिद्धिपुर विद्यालय देखि पूर्व वाटोमा माटो पूर्ने काम, २ लाख ५० हजारको वाटो गईभेल काम, ८ लाखको विष्णु चौक देखि उत्तर लोकमागृ सम्म माटे ग्राईभेल, ३ लाखको बाटोमा माटो ग्राईभेल, ५ लाखको खेल मैदान जानेबाटोमा माटो ग्राईभेल ,५ लाखको विष्णु मन्दिर देखि खेल मैदान सम्म माटो ग्राईभेल र ७ लाखको रामजानकी मन्दिरमा पर्खाल तथा अधुरो गोल घर निर्माण कार्य  सम्पन भईसकेको छ ।           

चालु आ.व.मा वडा नं.९  मा वडा सिलिङ्ग वजेट टोटल ७६ लाख २९ हजार ७ सय ६९ रुपैया २३ पैस विनयोजन गरिएको छ भने नगरस्तरीय योजनाहरु भनेर ८० लाख  छन् । अध्यक्ष यादवका अनुसार चालु आ.व.को सिलिङ्ग योजनाहरु चाडै संचाल हुने र चैत मसान्त सम्ममा सम्पूर्ण योजनाको काम सकिने दाबी गरे ।

प्रतिक्रिया