कञ्चनपुर, माघ २१ गते । सप्तरीको राजगढ गाउँपालिका–१ झुटकीमा १८ महिनादेखि वेपत्ता रहेकी महिलाको कंकाल फेला परेको छ ।
राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी ७५ वर्षीया पत्नी रासोदेवी पण्डितको कंकाल फेला परेको जिल्ला प्रहरीकार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताए । उनका अनुसार प्रहरी चौकी झुटकीदेखि करिब ३ सय मिटर पूर्व–दक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरीलाई जिर्णोधार गर्ने क्रममा कंकाल फेला हो । मानसिक सन्तुलन ठिक नभएकी रासोदेवी ०७६ साउन ३० गते रातिदेखि वेपत्ता थिइन् ।
पोखरीलाई जिर्णोधार गर्ने क्रममा वेपत्ता रहेकी रासोदेवीले लगाएको साडी, कपडा र दाँतको आधारमा परिवारले पहिचान गरेपछि सो मानव कंकाल आफन्तको जिम्मा दिएको डिएसपी साहले बताए । सोबारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रतिक्रिया