कञ्चनरुप ७मा चालु आबको पूर्वधार विकास बजेटको ४६ प्रतिशत काम सुचारु, चालु आर्थिक बर्षको ६ महिना बित्दा १० प्रतिशत काम मात्र सम्पन्न

  • माघ २२, २0७७
  • 0
...

 राजकुमार साह
कञ्चनपुर,माघ २२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ७ ले चालु आर्थिक वर्षको पूर्वधार तर्फ ४६ प्रतिशत काम सुरु गरेको छ । अहिलेसम्म ५ लाखको कृषि विद्युत्तिकरणको लागि तार पोल र आवश्यक सामग्री कार्य, ३ लाखको समरसियल मोटर सहितको बोरिङ्ग जडान कार्य  र १ लाख ५० कजारको डिहिबार बाबा थान तथा कम्पाउण्ड वाल निर्माण कार्य सम्पन भईसकेको वडा कार्यालयले जनाएको छ । 

चालु आवमा वडा नम्बर ७ मा पूर्वधारतर्फ  ९२  लाख ५० हजार एक सय ९२  रुपैया बजेट विनियोजन गरिएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष हरि कृष्ण महतोका अनुसार चालु आवमा पारित योजनाहरु मध्ये १५ लाखका पौडा नदि  नियन्त्रणको लागि ढुङ्गा जालिक्रेटिग कार्य,२ लाख ५० हजारको बलुवा चौक देखि सितापुर सम्म वाईफाईको तार सहितको पोइन्ट विस्तार, २ लाख ५० हजारको भेपरलाईट जडान,२ लाख ५० हजारको माटो ग्राईभेल, १ लाख ५० हजारको डगरीन थान निर्माण, ३ लाखको बाटोमा ग्राईभेल र ८० हजारको मर्मत सम्भार कार्य भइरहेको छ ।

चालु आ.व.मा वडा नं. ७ मा वडा सिलिङ्ग वजेट जम्मा १ करोड १ लाख ८५ हजार ७ सय ६ रुपैया ५४ पैसा विनियोजन गरिएको छ, भने नगरस्तरीय पूर्वधार निर्माण तर्फ १ करोड ७३ लाख छन् । यसै              गरी गत आ.व.मा काम सम्पन्न हुन नसकेकोले चालु आ.व. २०७७÷०७८मा समावेश हुने योजनाहरुमा २८ लाख ३० हजार रहेकोछ ।

नगरस्तरीय र वडाको कूल बजेट ३ करोड ७६ लाख ७१ हजार ५ सय  ३७ रुपैया ०८ पैसा छ । अध्यक्ष महतोका अनुसार उपभोक्त समिति गठन भएर कार्य हुन बाँकी रहेका योजनाहरु चाडै संचाल हुन्छ । उनले भने नगरस्तरीय पूर्वधार तर्फको योजना मध्ये ६३ लाखको चन्द्र नहर पश्चिम पिच देखि शैनी चौकसम्म सडक स्तरोन्नति कामको न.पा.द्धारा ठेका (टेन्डर)भई सकेको छ । चाडै काम सुरु हुन्छ र चैत मसान्त सम्ममा सम्मपूर्ण योजनाका कार्यहरु सम्मपन हुनेछ ।

प्रतिक्रिया