राजकुमार साह कञ्चनपुर,माघ २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर ६ ले चालु आर्थिक वर्षको पूर्वाधार तर्फ ४९ प्रतिशत काम सुरु गरेको छ ।
अहिलेसम्म ४ लाखको सिंचाईको लागि कृषि पोल तार खरिद कार्य सम्पन भईसकेको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ६ मा पूर्वाधारतर्फ ९१ लाख २५ हजार ६ सय १५ रुपैया बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष जिब्रिल मियाँका अनुसार चालु आर्थिक बर्षमा पारित योजनामध्ये ४ लाखको छोटी नहरमा अधुरो कलभर्ट पुल तथा दुवै तिरको बाटो स्तरउन्नती कार्य,१० लाखको अधुरो मदर्शा कक्षा भवन निर्माण, १० लाखको साविक घोघनपुर ४मा अधुरो मदर्शा कक्षा भवन निर्माण कार्य, ५ लाखको पुनिलाल ठाकुरको घर सम्म बाटो स्तरउन्नती, १० लाखको पौडा नदी नियन्त्रण र तार जाली ढुङ्गा बांध निर्माण कार्य , २ लाखको डगरिन थान निर्माण र ४ लाखको टुके बाटोहरुमा माटो ग्राईभेल कार्य भइरहेको छ ।
चालु आ.व.मा वडा नं. ६ मा वडा सिलिङ्ग वजेट जम्मा ९९ लाख ४ हजार ४सय ५९ रुपैया विनियोजन गरिएको छ, भने नगरस्तरीय पूर्वाधार निर्माण विकास तर्फ ५० लाख छन् । यसै गरी गत आ.व.मा काम सम्पन्न हुन नसकेकोले चालु आ.व. २०७७÷०७८मा क्रमागत हुने योजनाहरुमा २१ लाख १६ हजार रहेकोछ । भने चालु आ.व.को वित्तिय समानिकरण रकम ७७ लाख ८८ हजार ४ सय ५९रुपैया छ ।
वडाको कूल बजेट १ करोड ४९ लाख ४ हजार ४ सय ५९ रुपैया छ । अध्यक्ष जिबरिल मियाँका अनुसार ५ लाखको पक्की वाल निर्माण र ६ लाखको स्वास्थ्य चौकी भवन निर्माण कार्यको लागी उपभोक्त समिति गठन भएर नगरपालिका संग सहमति भईसकेको छ । कार्य हुन बाँकी रहेका योजनाहरु चाडै संचाल हुन्छ र चैत मसान्त सम्ममा सम्मपूर्ण योजनाका कार्य सम्मपन हुने वताए ।
प्रतिक्रिया